स्वदेश आउन चाहनेलाई प्रवेश दिनुपर्ने माग गर्दै रिट

स्वदेश आउन चाहनेलाई प्रवेश दिनुपर्ने माग गर्दै रिट

  • सोमवार, चैत्र १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, १० चैत । सर्वोच्च अदालतमा विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित रिट दायर दायर गरिएकोे छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ सरकारी निकाय तथा समितिलाई विपक्षी बनाएर आज अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले दायर गरेको रिट निवेदनमा नेपालीलाई प्रवेश रोक्ने कार्य गैरकानूनी भएको उल्लेख छ ।

रिट निवेदनमा भनिएको छ, “नेपाली नागरिकलाई विदेशमा असुरक्षित रुपमा राख्नुपर्ने आवश्यकता नरहेकाले नेपाल आउन चाहने प्रत्येक नेपालीलाई प्रवेश निषेध नगरी सहज अनुमपति दिनु ।” आफू आउन नसक्नेलाई सरकारले उद्धार गरी ल्याउनसमेत रिट निवेदनमा माग गरिएको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले गत साता युरोपका सबै मुलुक, पश्चिम एशियालगायत खाडी मुलुक इरान, टर्की, मलेसिया र जापानबाट आउने तथा ती मुलुकका ट्रान्जिट बनाइ जुनसुकै मुलुकबाट आउने यात्रुहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । आइतबारदेखि नेपाल आउने सबै नियमित उडानसमेत बन्द गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ