बारा, चैत्र १० । चाेरी मुद्वाका फरार प्रतिवादी पक्राउ परेका छन् । बारा मधुरी जब्दी वडा नं. १ हाल परिवर्तित महागढीमाई नगरपालिका वडा नं. ११ बस्ने वर्ष ४५ को पर्शुराम प्रसाद यादव पक्राउ परेका हुन् ।
फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको मिति २०७३जेठ ३१ गतेको फैसला आदेशले चोरी मुद्दामा ९ वर्ष कैद ठहर भई फरार रहेका थिए ।यादवलाई साेमवार जिल्ला प्रहरी कार्यालय बाराबाट प्र.नि.प्रशान्त श्रेष्ठको कमान्डमा खटिएका प्रहरी टोलीले पक्राउ गरेर अदालतमा उपस्थित गराएकाे थियाे ।
बारा जिल्ला अदालतको आदेशले निजलाई कैद भुक्तानको लागि कारागार कार्यालय विरगंज पठाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline