कांग्रेस नेता शर्माको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

कांग्रेस नेता शर्माको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

  • सोमवार, चैत्र १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, १० चैत ।नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी एवं दाङका अग्रज नेता छविकुमार शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गरी पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्यसमेत रहनुभएका शर्माको निधमा दुःख व्यक्त गर्नुभएको हो ।

“नेपालको प्रजातान्त्रिक आन्दोलन र पार्टीको सङ्गठन विस्तारमा शर्माले पु¥याएको योगदान अविस्मरणीय छ, उहाँको निधनको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ”, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सभापति देउवाले स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

स्वर्गीय शर्मा विसं २०१५ का सांसद स्वर्गीय गणेशकुमार शर्माका भाई हुनुहुन्छ । विसं २०१७ मा पार्टीका तत्कालीन सभापति तिलकबहादुर डाँगीको कार्यकालमा स्वर्गीय शर्माले कार्यबाहक सभापतिको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । विभिन्न कालखण्डमा जेल र निर्वासित जीवन बिताउनुभएका स्वर्गीय शर्मालाई गत फागुन १९ गते पार्टी सभापति देउवाले ज्येष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ