पत्रकारले आँफू सुरक्षीत भएर सुचना दिनुपर्छः उपाध्यक्ष पोख्रेल

पत्रकारले आँफू सुरक्षीत भएर सुचना दिनुपर्छः उपाध्यक्ष पोख्रेल

  • सोमवार, चैत्र १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

दाङ, १० चैत

नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले आफू सुरक्षीत भएरमात्रै सूचना तथा समाचार संप्रेसण गर्न गराउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने सम्भावना भएकाले यस अवधिमा डिउटीमा जाने पत्रकारहरु सावधानीपूर्वक कार्यस्थलमा जानसम्पूर्ण नेपाली पत्रकारहरुमा अनुरोध गर्नु भएको हो ।

आफू सुरक्षीत भएर मात्र अरुलाई सुरक्षीत राख्न अनि सहि सुचना दिन सकिने भएकाले सर्वप्रथम आफू सचेत रहनुपर्नेमा उहाँको जोड छ ।

लकडाउनको सम्मानपूर्वक नेपाली मिडिया र मिडियाकमीलाई पालना गर्न उहाँले अनुरोध गर्नुभएको छ । डिउटीमा जाने सञ्चारकर्मीहरुलाई सहयोग गर्न प्रशासनलाई पनि उपाध्यक्ष्ँ पोख्रेलले आग्रह गर्नुभयो ।

‘आँफू सुरक्षीत भएरमात्र अरुलाई सुरक्षीत राख्न अनि सहि सुचना दिन सकिन्छ, ड्यूटिमा जाने पत्रकारहरु सावधानीकासाथ कार्यस्थलमा जाऔँ’ उपाध्यक्ष पोख्रेलले भन्नुभयो­ ‘लकडाउनको सम्मानपूर्वक नेपाली मिडिया र मिडियाकर्मीले पालना गर्नेछन्, डिउटीमा जाने सञ्चारकर्मीहरुलाई सहयोग गर्न प्रशासनलाई आग्रह गर्दछु । जोखीमबाट जोगीन सबैमा आग्रह गर्दछु ।’

पोख्रेलले पत्रकारहरु सजग रहन, घरबाट काम गर्ने व्यवस्था मिलाउन, बैकल्पीक मिडिया र सोसल मिडियाहरुलाई अत्यधिक, आवश्यक र सही सुचना दिन अनुरोध गर्नुभएको छ । पत्रकार सम्मेलनहरुमा नजान उहाँले सम्पूर्ण पत्रकारहरुमा अनुरोध गर्नुभयो ।

प्रेस काउन्सीलले जारी गरेको निर्दे्शिका पालना गर्न सम्पूर्ण नेपाली पत्रकारहरुमा उहाँले अनुरोध पनि गर्नुभएको छ ।

साथै एनटिभी प्लसले एसईई विद्यार्थीहरु लक्षीत सामाग्री प्रशारण गर्न थालेकोमा धन्यवाद दिदै स्थानीय एफएमर अन्य सञ्चारमाध्यमहरुबाट समेत यस प्रकारका सामाग्री प्रसारण गर्ने व्यवश्था मिलाउन अनुरोध गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ