कोरोनाको डरले थुनुवालाई धरौटीमा रिहा

कोरोनाको डरले थुनुवालाई धरौटीमा रिहा

  • सोमवार, चैत्र १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा गम्भीर प्रकृतिका मुद्दाबाहेकका थुनुवालाई धरौटीमा हिरासतमुक्त गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी थुनुवाको सङ्ख्या कम गर्ने रणनीतिअनुरूप सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई कानूनी प्रक्रिया पु¥याई हिरासतमुक्त गर्न लागिएको हो ।

यसअघि कोरोना भाइरसको सङ्क्रमणको स्थितिलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका थुनुवाको सङ्ख्या घटाउन सरकारलाई दिएको निर्देशन थियो । सो कार्यालयमा विभिन्न प्रकृतिका मुद्दाका ६० जना थुनुवा रहेकामा आइतबार १२ जनालाई धरौटीमा हिरासतमुक्त गरिएको छ भने आज १० जना थुनुवालाई मुद्दा हेर्ने अधिकारी समक्ष पेश गरिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ