भारतबाट आएका नेपाली क्वारेन्टाइनबाट ‘भागे'(भिडियाेसहित)

भारतबाट आएका नेपाली क्वारेन्टाइनबाट ‘भागे'(भिडियाेसहित)

  • सोमवार, चैत्र १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

चैत्र १०, नेपालगञ्ज ।
भारतका विभिन्न स्थानबाट सोमबार बिहान नेपाल प्रवेश गरेका नेपाली सरकारले व्यवस्था गरेको क्वारेन्टाइनबाट ’भागेका’ छन् ।

जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो। आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्नुपर्ने भनेर आन्दोलन उनीहरुले गरेका थिए।

निकै सानो संख्यामा रहेका सुरक्षाकर्मीले सम्झाउँदा नमानेका उनीहरु पर्खाल चढेर क्याम्पसबाट निस्किएका हुन्। ’कोही खेतमा पुगेर लुके कोही टेम्पु चढेर हिँडे, हामीले रोक्न सकेनौं,’ एक प्रहरीले भने।

बिहान १० भन्दा पहिले नाकामा आइपुगेकालाई ज्वरो नापेपछि नगर बसमा राखेर सीमा नाका नजिकै महेन्द्र बहुमुखी क्याम्पसमा लगिराखिएको थियो। क्वारेन्टाइनका लागि छुट्याइएको स्थानमा कुनै सुविधा नभएको र एउटै कोठामा ३०(३५ जनालाई राखिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए। उनीहरुमध्ये केही हिजैदेखि केही नखाएका पनि थिए। ठूलो संख्यामा आइपुग्दा क्वारेन्टाइनस्थलमा रहेका सबैजना निस्किइसकेका थिए।

क्वारेन्टाइन व्यवस्थापन गरेको उपमहानगरकी उपमेयर उमा थापाले भारतबाट आएका नेपाली क्वारेन्टाइनबाट भागेको बताइन्। ’सीमामा अलपत्र परेका ५ सय ४० जनालाई ल्याएर राखेका थियौं। हामीले व्यवस्था मिलाउँदै थियौं, उहाँहरु भागिसक्नुभएछ,’ थापाले भनिन्।

सिडिओ भन्छन्, ’को भाग्यो मलाई थाहा छैन’
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख कुमारबहादुर खड्काले भने भारतबाट आएका नेपाली क्वारेन्टाइनबाट भागेको अस्वीकार गरे । ’हामीले क्वारेन्टाइनमा राखेका नेपाली हाम्रो रेकर्डमा छन् । बसै सुरक्षित छन् । को भाग्यो मलाई थाहा छैन,’ उनले भने । उनले यस्तो बताए पनि बिहान दस बजे रुपैडियाँ(जमुनाहाबाट ल्याइएका नेपाली दिउसो तीन बजे भागेका थिए । कान्तिपुरबाट साभार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ