प्रहरी र पत्रकार मिलेर हीरा लुटियो, ४ जना पक्राउ

प्रहरी र पत्रकार मिलेर हीरा लुटियो, ४ जना पक्राउ

  • सोमवार, चैत्र १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 29.2K
    SHARES

मकवानपुर १० चैत्र । धन देखे पछि महादेवको पनि तीन नेत्र बल्छ भन्ने उखान छ नेपाली समाजमा । त्यस्तै भएको छ मकवानपुरमा । चोर , अपराधी नियन्त्रणमा लिने जिम्मा भएको प्रहरी र सूचना जनतामा पुर्याएर सामाजिक सचेतना फैलाउन काम गर्नु पर्ने प त्रकार मिलेर हीरा लुटेका छन् ।
प्रहरीले मकवानपुरले हीरा लुटपाटमा संलग्न तीन प्रहरी र एकजना पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ पर्ने प्रहरीमा सुर्खेत विरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् ।
त्यसै गरी हीरा लुट्ने कार्यमा सहभागी पत्रकार ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य छन् ।
मकवानपुर कैलाश गाउँपालिका–५, चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हीरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ हीरा लुटपाट गरेका थिए । लुटपाट लुटिएको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूको साथबाट हीरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चार सेट ४ थान, क्यामेरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ