आजदेखि लामो दुरीका यात्रुवाहक सवारी संचालनमा रोक

आजदेखि लामो दुरीका यात्रुवाहक सवारी संचालनमा रोक

  • सोमवार, चैत्र १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

१० चैत, काठमाडौं ।

सरकारले आजदेखि लामो दूरीको यात्रुवाहक सवारीसाधन संचालनमा रोक लगाएको छ ।
गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आजदेखि लामो दूरीका यात्रुबाहक सवारीसाधन संचालनमा रोक लगाउने घोषणा गरेका थिए ।
आजदेखि अन्तरजिल्ला अर्थात एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात संचालनमा रोक लगाइएको छ ।
केही दिनका लागि यो नियम लागू भएको हो । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम बढेको र यसले त्रास पनि निम्त्याएको भन्दै सरकारले सार्वजनिक यातायातमा केही दिनका लागि रोक लगाएको हो ।


यातायात व्यवस्था विभागका अनुसार लामो दुरीका सवारीसाधन भन्नाले २ सय ५० किलोमिटरभन्दा बढी दुरीमा गुड्ने सवारीसाधनलाई बुझाउँछ ।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने त्रासका कारण विद्यालयसहितका शैक्षिक संस्था बन्द भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ