चैत १०, काठमाडौं ।
सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरेको ‘कोरोना कोष’ मा नर्भिक र बसन्त चौधरी फाउन्डेसनले एक करोड सहयोग गर्ने भएको छ।
चौधरीले ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गरेका छन्।
‘नर्भिकर बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइजÞ उपलब्ध गराइने घोषणा गर्दछौं’, चौधरीले ट्विट मार्फत जानकारी गराएका छन्।
मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोषको घोषणा गरेको थियो। सो कोषमा मन्त्रीहरूबाट एकमहिनाको पारिश्रमिक योगदान गर्ने बताइएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline