विप्लवका अर्का दाई जयेन्द्रसहित ६ जना गिरफ्तार

विप्लवका अर्का दाई जयेन्द्रसहित ६ जना गिरफ्तार

  • सोमवार, चैत्र १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

ललितपुर, १० चैत ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का अर्का दाजु जयन्द्र वहादुर चन्दसहित ६ जनालाई प्रहरीले आइतबार ललितपुरबाट गिरफ्तार गरेको छ ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका चन्दसहित महासंघका महासचिव विनोद चन्द ठकुरी, केन्द्रीय सदस्य प्रेम केसी अनिल कुमार पुन मगर, कृष्ण बहादुर थापा मगर, कमल प्रसाद सुनुवारलाइ प्रहरीले गिरफ्तार गरेको हो ।
महासंघका पदाधिकारीबीच पछिल्लो समय कोरोना भाइरसको क्रासका कारण खेल क्षेत्रमा परेको प्रभाव र महासंघले खेल्नुपर्ने भूमिकाको बिषयमा छलफल भईरहेकाबेला सादा पोशाकका सुरक्षाकर्मीले घेरा हाली गिरफ्तार गरेको बताइएको छ ।
प्रहरी श्रोतका अनुसार चारै जनालाई ललितपुरस्थित जावलाखेलमा राखेर अनुसन्धान भइरहेको छ ।

उनीहरुलाई अपराधिक लाभ लिने अभियोगमा समातेको महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डीएसपी सन्तोष तामाङले जानकारी दिए । चन्द लामो समयदेखि विप्लव निकट खेलकुद महासंघको अध्यक्ष थिए । उनी २०६४ साल देखि नै महासंघका अध्यक्ष छन् ।

विप्लवका ३ भाइमध्ये जेठो दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’ दाङबाट पक्राउ परेका थिए । उनी नेकपाको मध्यकमाण्ड इन्चार्ज थिए । उनीहरुलाई राप्ती व्युरोको बैठक बसिरहेको अवस्थामा असोज २९ गते दाङबाट पक्राउ परेका थिए ।

चन्दका आफन्तले दिएको जानकारी अनुसार उनको स्थितिबारे अहिलेसम्म आफन्तलाई जानकारी दिएको छैन । परिवारजनले स्थिति सार्जजनिक गर्न र बिल्कुल खेलकुद क्षेत्रमा सक्रिय चन्दलाई अविलम्ब बिनाशर्त रिहा गर्न आग्रह गरेका छन् ।

यसैबीच नेपाल गणतन्त्रिक खेलकुद महासंघले खेलकुदजस्तो सम्मानित क्षेत्रमा योगदान दिइरहेको एक स्थापित खेलाडीलाई अनाहकमै पक्राउ गरेकोेमा घोर भत्सर्ना गर्दै तत्काल निशर्त रिहाईका लागि माग गरेको छ ।
महासंघका केन्द्रीय उपाध्यक्ष सि.वी. सिंहले एक विज्ञप्ति जारी गरि भत्सर्ना गरेका हुन् । उनले यो पक्राउ विरुद्ध सम्पूर्ण खेलजगतले रिहाईका लागि जोडदार आवाज उठाउन आग्रहसमेत गरेका छन् ।
प्रहरी र बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समेत आधिकारिक रुपमा उनको गिरफ्तारीको बारेमा आधिकारिक रुपमा जानकारी दिएका छैनन्।

बिद्रोही ने.क.पा.का महासचिब बिप्लवका अर्का दाजु एबम पार्टी केन्द्रिय सदस्य, मध्ये कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘विरजंग’लाई यस अघि दाङबाट गिरफ्तार गरिसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ