टोकियो , जापान । २०२० टोकियो ओलम्पिकको टर्च बोक्ने सौभाग्य नेपालका कान्छा लामाले पाएका छन् । जापानको सागा केनमा कृषि ब्यबसायमा संलग्न नेपाली कान्छा लामा ओलम्पिक टर्च लिएर दौडने धावकमा चयन भएका हुन ।
विश्वमै ओलम्पिक टर्च लिएर दौडने मौका पाउनेमा प्राय चर्चित व्यक्तिहरु मात्रै हुने गर्दछन् । जापानमा समेत हालसम्म ओलम्पिकमा विश्वमै ओलम्पिक टर्च लिएर दौडने मौका पाउनेमा प्राय चर्चित व्यक्तिहरु मात्रै हुने गर्दछन् । जापानमा समेत हालसम्म ओलम्पिकमा यसअघी स्वर्ण पदक जितेका र चर्चित ब्यक्तिलाई मात्र २०२० ओलम्पिकको टर्च बोक्न चयन गरिएको छ ।
१० बर्ष अघि जापान अध्ययनका लागि आउनु भएका सोलुखुम्बुका ३७ बर्षिय लामा हाल काराचु शहरमा गोलभेडा खेती गर्दै आउनु भएको छ । २०२० टोकियो ओलम्पिकको मसाल बोक्ने ब्यक्तिमा चयन भएपछी लामाले आफुले कहिल्यै यतिठुलो अवसर पाउने कल्पना समेत नगरेको बताएका छन् ।

