नेपालमा कोरोना छैन, बीरगञ्जका ब्यापारीलाई समेत नभएको पुष्टी

नेपालमा कोरोना छैन, बीरगञ्जका ब्यापारीलाई समेत नभएको पुष्टी

  • सोमवार, चैत्र १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौं चैत्र १० । चीन र भारत कोरोनाको चपेटामा आए पनि त्यसको बीचमा अवस्थित नेपालमा कोरोना अझै देखिएको छैन । कोरोना भित्रियो , बीरगञ्जका ब्यापारी शिब कुमार रुगंटालाई लाग्यो भनेर हिजो समाचार आएपछि तनाव पैदा भएको थियो । तर पछि पटनामा उपचाररत शिब कुमारको रिपोर्ट सार्वजनिक हुदाँ कोरोना नरहेको प्रमाणित भए पछि नेपालमा यो अझै नफैलिएको स्पष्ट भएको हो । यद्यपि, जोखिम भने निकै माथि रहेको विश्व श्वास्थ्य संगठनले चेतावनी दिदै आएको छ ।
पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको छ ।

कोरोनाको आशंकामा पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएको थियो । इन्स्टिच्युटको भाइरोलोजी ल्याबका अनुसन्धान वैज्ञानिक डाक्टर सुशील कुमारले तयार पारेको रिपोर्टमा स्पष्टसँग रुंगटाको नमुना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको लेखिएको छ ।

यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतिजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा उनको पारीवारीक स्रोतले जनायो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ