मस्र्याङ्दी नदीमा बस खस्याे, तीन जनाकाे मृत्यु

मस्र्याङ्दी नदीमा बस खस्याे, तीन जनाकाे मृत्यु

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

गोरखा, ९ चैत । पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खसेकाे छ । दुर्घटनामा परी तीन जनाको मृत्य भएको छ।

पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४नम्बरको बस आइतबार साँझ ६ : ३० बजे सडकबाट करिब एकसय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए।

उनका अनुसार तीन जनाको शव भेटिएको छ। मृतकको सनाखत भने भएको छैन। उद्धार कार्य जारी रहेको र घाइते १२ जनाको उद्धार भएको उनले बताए। बसमा सवार धेरै यात्रु घाइते भएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • फाइल तस्बिर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ