जसले विमानभित्रै नाराबाजी गरे पछि झारियो एयरपोर्टमा

जसले विमानभित्रै नाराबाजी गरे पछि झारियो एयरपोर्टमा

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

सिंगापुरबाट आएको सिल्क एयरको विमानबाट यात्रुलाई ओरालिएको छ। यात्रुहरुले चर्को नारावाजी गरेपछि करिब साढे तीन घण्टापछि विमानस्थल प्रशासनले यात्रुलाई ओरार्ने निर्णय गरेको हो। शनिबार राति १२ बजेपछि यात्रुलाई ओर्लिन दिइएको हो।

शनिबार राति ८ः४० बजे त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सिल्क एयरको एमआई–४१६ विमानले कोरोना रोकथामका लागि प्रतिबन्ध लगाइएका मुलुकका केही नागरिक लिएर आएपछि यात्रुलाई राति अबेरसम्म बाहिर आउन दिइएको थिएन।

करिब दुई सय यात्रु बोकेर आएको उक्त विमानलाई सुरुमा आकाशबाटै सिंगापुर फिर्ता हुन भनिएको थियो। तर इन्धन भर्नुपर्ने भन्दै विमान अवतरण गरेको थियो। सिंगापुरबाट आएको उक्त विमानमा रहेका प्रतिबन्धित मुलुकका विदेशी पनि धेरैजसो नेपाली मुलकै व्यक्ति थिए।

विमानलाई सिंगापुर नै फिर्ता पठाउने तयारी सरकारले गरे पनि यात्रु र हवाई उड्डयन नियमअनुसार नमिल्ने भएपछि अवतरण गर्न दिइएको थियो। विमान अवतरण गरेपछि विमानभित्रै आयत्रुहरुले नाराबाजी सुरु गरेका थिए।

ओरालिएका यात्रुको राति नै स्वास्थ्य परीक्षण गरेर तीन जनालाई मात्र क्वारेन्टाइनमा पठाइएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ। बाँकी सबैलाई आ(आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ माबस्न भनिएको विमानस्थल सुरक्षामा खटिएका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ० को नियम अनुसार कुनै देशमा अवतरण गरिसकेको जहाजलाई यात्रुसहित फिर्ता पठाउन मिल्दैन। यही नियमअनुसार विमानलाई अवतरण हुन दिइएको नागरिक उड्डयन प्राधिकरण सम्बद्व कर्मचारीको दाबी छ।

नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगन गरेको छ भने शुक्रबारदेखि युरोप, खाडीलगायतका मुलुकबाट आगमनमा प्रतिबन्ध लगाएको थियो।

-नागरिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ