कोभिड–१९ स् प्रहरी आफैले मास्क उत्पादन गरी वितरण

कोभिड–१९ स् प्रहरी आफैले मास्क उत्पादन गरी वितरण

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

नेपाल प्रहरीले कोभिड–१९ ९कोरोना भाइरस० को सम्भावित जोखिमलाई ध्यान दिँदै माक्स उत्पादन गरी वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालबाट तयार गरिएको माक्स शनिबार हिरासतमा रहेका सम्पूर्ण थुनुवालाई वितरण गरिएको हो । सो भाइरसको जोखिमबाट बच्नका लागि आफ्नै कार्यालयभित्र मास्क तयार गरेर वितरण गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय र चौकीमा कार्यरत सम्पूर्ण प्रहरीलाई माक्स वितरण गरिएको थियो । प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरधामबाट निर्देशित नमूनाबमोजिमको ढाँचामा माक्स तयार गरी वितरण गरिएको उहाँले बताउनुभयो । “जनताको सेवामा समर्पित प्रहरीको सुरक्षासँगै जनतामा सचेतना फैलाउन मास्क तयार गरी दिएका हौँ”, प्रहरी उपरीक्षक प्रसाईंले भन्नुभयो, “यसैगरी प्रत्येक प्रहरी कार्यालयको मूलढोका अगाडि हात धुने व्यवस्था पनि गरेका छौँ ।”
कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अनिवार्य मास्क लगाउन र साबुनपानीले हात धोएर मात्र प्रवेश गराउन प्रहरी कार्यालयको ढोका अगाडि साबुन र पानी राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ