धरानकाे बराह ग्रुपद्वारा ‘होम डेलिभरी’काे सुविधा, फोन आउनेवित्तिकै तुरुन्त लगिदिने व्यवस्था गरेका छौंः बिश्वकर्मा

धरानकाे बराह ग्रुपद्वारा ‘होम डेलिभरी’काे सुविधा, फोन आउनेवित्तिकै तुरुन्त लगिदिने व्यवस्था गरेका छौंः बिश्वकर्मा

  • शनिबार, चैत्र ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

धरान, ८ चैत । काेराेना भाइरसका कारण सन्त्रास बढेका बेला धरानकाे बराह ग्रुपले आफ्ना ग्राहकलाइ घरघरमा नै सामान पुर्याएर सुबिधा दिने भएकाे छ । कोरोना माहामारी नियन्त्रणको क्रममा कालोबजारी मौलाईरहेको बेला धरानको बराह ग्रुपले भने ‘अर्डर’ अनुसार सामानहरुको ‘होम डेलिभरी’ गर्ने भएको हाे ।

ग्रुपले आफ्ना सबै सेवाहरु हट लाईन मार्फत ‘होम डेलिभरीको’ उचित व्यवस्था गर्ने बराह ग्रुपका संचालक एवं प्रदेश एक प्रमुख मान बहादुर बिश्वकर्माले बताए ।‘कोरोनाका कारण डिपार्टमेन्टल स्टोर भिडभाड हुनु हुँदैन भन्ने सरकारको निर्देशन जारी छ, ठीकै पनि हो, हाम्रो डिपार्टमेन्टल स्टोर भनेको भीडभाड हुने ठाउँ नै हो, तर के गरेर बाँच्ने भन्ने चिन्ता सबैमा छ, धराने जनताले नखाइ, नलगाइ साथै सामग्री खरिद नगरी हुँदैन, यही कुरालाई मध्यनजर गरेर बराहले घरघरै लैजाने निर्णय गरेको हो ।’ उनले भने ।
विशेषतः डिपार्टमेन्टल स्टोरमा जति मूल्य छ, सोही मूल्यमा घरघरमै सेवा दिन लागिएको उनले बताए । ‘हाम्रा कर्मचारीलाई फोन आउनेवित्तिकै तुरुन्त लगिदिने व्यवस्था गरेका छौं ।’ उनले भने, ‘हामी व्यवसायसँगै सेवा पनि दिनुपर्छ भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याएका हौं ।’

धरान उपमहानगर भित्र दैनिक उपभोग्य सामानहरु, बराह बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यहरुलाई घरमै सेवा दिइने बताएको हो । प्रशासनले अर्को सुचना जारि नगरेसम्म निक्षेप र भुक्तानी समेत घरघरमै पुगेर सेवा दिने विश्वकर्माको भनाई छ ।

‘विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण बराह ग्रुपले आफ्ना सम्पूर्ण सेवाहरु, आफ्ना ग्राहक, शेयर सदस्यहरुमा हर्टलाइन नम्बरमार्फत होम डेलिभरीको उचित व्यवस्थासहित सेवा प्रदान गर्नेछ ।’, बराहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दैनिक उपभोग्य सामानहरू, बराह बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यहरुलाई धरान क्षेत्रभरी स्थानीय सरकार र प्रशासनको अर्को सूचना जारी नभएसम्म निक्षेप र भुक्तानी समेत घरघरमै पुगेर सेवा दिइने छ ।’

हर्टलाइन सेवा तथा नम्बरहरु
बराह ज्वेलरी शोरुम ०२५५२६७७७, ९८५२०४७७७०,
बराह डिपार्टमेण्ट स्टोर ९८०२७५७८५८
भोजपुरे फेन्सी स्टोर ९८०२७३८४९०
बराह बालसञ्चार र किडस सैलुन ९८१६३०७६५५
बराह फेमिली किचन ०२५५२५३३७, ९८११०१७८२३
बराह ट्राभल एण्ड टुर्स ९८४२०२५०५५
बराह बचत तथा ऋण सहकारी संस्था ०२५५३१२२२, ९८०२७७६७५८

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ