संकटमा सरकारको सहयोगि बन्न प्याब्सनको आग्रह

संकटमा सरकारको सहयोगि बन्न प्याब्सनको आग्रह

  • शनिबार, चैत्र ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

विराटनगर, ८ चैत । निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले संकटको समयमा सहयोगी बन्न सदस्य विद्यालयहरुलाई आग्रह गरेको छ । कोरोना भाइरस(कोभिड–१९) को महामारी विश्वभर फैलिरहेको अवस्थामा सरकारले गरेको निर्णयलाई साथ दिनुपर्ने बताएको छ ।
प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी र महासचिव कुमार घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,‘सरकारले गरेको निर्णयलाई बिचार नपु¥याई राजधानीलगायत मुलुकका अन्य क्षेत्रमा केहि निजी विद्यालयले आगामी शैक्षिक सत्रका लागि भर्ना कार्यक्रम सुचारु राखेको गुनासो आएको भन्दै त्यसलाई तत्का बन्द गरि कोरोना भाइरस विरुद्धको अभियानमा सहभागि हुन केन्द्रिय कार्यसति पुनः हार्दिक अपिल गर्दछ ।’
संकटपूर्ण घडिमा एकढिक्का भएर महामारीसँग जुध्न नेपाल सरकराले गरेको निर्णयहरुलाई साथ दिनुपर्नेमा जोड दिइएको छ । यस्तो विषम घडिमा उत्पन्न हुने परिस्थितीसँग जुध्न प्याब्सनले जस्तोसुकै सहयोग गर्न तयार रहेको अध्यक्ष पुरीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी