मोरङ, ८ चैत ।
मोरङको बुढि खोलामा अबैध रुपमा माटो खन्दै गरेका सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुढिगंगा गा.पा.४ स्थित मुडेरीको बुढि खोलामा बुढिगंगा गा.पा.को अध्यक्ष, उपाअध्यक्ष र ईलाका प्रहरी कार्यलय नेमुवाबाट प्रनानिको संयुक्त अनुगमनको टोलीले ती सवारी साधन नियन्त्रणमा लिएको हो ।
अनुगमनका क्रममा सवारी साधनहरुले बुढि खोलामा अबैध रुपमा माटो खन्दै गरेको अवस्थामा टिपर, ट्याक्टर र जेसिबी नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।
पक्राउ गरेका सवारी साधनहरुलाई आबश्यक कारबाहीको लागी बुढीगंगा गा.पा. को कार्यालय हातीमुढा पठाएको पनि उनले बताए ।
प्रहरीले को १ ख ४६८८ र को १ ख ४४७३ टिपर, को २ त ४५९५ ट्याक्टर र को १ क २२३५ नम्बरको जेसिबी नियन्त्रणमा लिएको हो ।
अबैध माछा बरामद
मोरङ रतुवामाई नपा ३ माहादेवा ३८ नं. पिलर स्थित भारतबाट साईकलमा अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको अन्दाजी ६० के.जी. मूल्य पर्ने अबैध माछा नियन्त्रणमा लिएको छ ।
सोह्र हजार बराबर पर्ने माछा प्र.चौ. माहादेवाबाट खटिएको प्रसनिको टोलीलाई देख्ना साथसडकमै छाडी मानिस साईकल लिई भारत तर्फ नै भागी फरार भएको जनाईएको छ ।
उक्त माछा बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भई रहेको बताईएको छ ।