जब डर, अनि घर !

जब डर, अनि घर !

  • शनिबार, चैत्र ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

विराटनगर, चैत ८ । भारत हरियानास्थित एक उद्योगमा काम गर्न जानु भएका उदयपुर बेलटारका दिवस बुढाथोकी र मिलन तामाङ शुक्रबार हतार–हतार विराटनगरको रानी नाका हुँदै नेपाल फर्कनुभयो । काम गर्दै आएको उद्योग बन्द भएपछि बुढाथोकी र तामाङ घर फर्कनु भएको हो ।
सीमा क्षेत्र रानी–जोगबनीमा रहेको हेल्थ डेस्कमा तापक्रम नपाएपछि बुढाथोकी र तामाङले मुसुक्क हाँस्दै नेपाल टेक्नुभयो । काम रोकिएसँगै उद्योग प्रशासनले नेपाल फर्कन आग्रह गरेकोले आएको बुढाथोकीले बताउनुभयो ।
‘जब डर अनि घर’ बुढाथोकीसँगै आउनु भएका तामाङले नेपाल टेकेसँगै भन्नुभयो–अहिलेसम्म नेपाली भाग्यमानी छौं । उहाँले भारतमा समेत नेपालमा कोरोना संक्रमण नदेखिएको विषय साना–साना पसलसम्म चर्चा हुने गरेको बताउनुभयो ।
विश्वभर कोरोना संक्रमणको त्रासदी देखिएपछि विराटनगर नाका हुँदै भारतमा काम गर्दै आएका नेपाली र अध्ययनका लागि गएका युवाहरुको लर्को लाग्न थालेको हो । नेपालमा संक्रमण नदेखिएपछि अभिभावकको आग्रहसँगै भारतमा सबै ठप्प हुने अवस्थाको संकेत पाएर घर फर्कन थालेका हुन् ।
दिल्लीको सारदा युनिभर्सिटीमा इन्जिनियरिङ अध्ययनरत सप्तरी कल्याणपुर–८ का सौरभ जैसवालका अनुसार सबै नेपाली विद्यार्थी घर फर्कने क्रममा छन् । अध्ययनका लागि गएकाहरुले जोखिम व्यवस्थापन गर्न संभावना नरहेको र कोरोना त्रासदीका कारण सबै सामान महंगो हुन थालेको सौरभले बताउनुभयो ।
भारतभर धेरै कडाई गरिदैं गएका कारण त्यहाँ बस्दै आएका नेपालीहरुलाई दवावमै घर फर्कन समेत भन्ने गरिएको छ । सीमा नाका नजिकै विराटनगर–१५ निवासी सन्तोषकुमार साहका अनुसार पटनामा समेत उतिकै कडाई गरिदै गएको छ । एमबीए अध्ययनरत साह समेत शुक्रबार नै घर फर्कनु भएको हो । उहाँका अनुसार विस्तारै भारत संन्त्रासमा फस्दै गएका कारण घर फर्कने ईच्छा बढ्न थालेको हो ।
विराटनगर नाका हुँदै अहिले दैनिक १० हजार जनाको हाराहारी संख्यामा नेपाल प्रवेश गर्दै आएका छन् । महानगर जनस्वास्थ्य महाशाखा प्रमुख प्रमुख रमेश कार्कीका अनुसार दैनिक घर फर्कने नेपालीको लाइन लागेको छ ।
सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कसम्म आउनका लागि विशेष बाटो बनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेहरुलाई हेल्थ डेस्कतर्फको बाटोबाट मात्रै प्रवेश गराउने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ