काठमाडौं, ८ चैत । नेपाल कम्युनिस्ट पार्टीनिकट यूवा संगठन नेपालले विना कारण कार्यकर्ता गिरफ्तार गरेको प्रति घोर निन्दा एवंम् भत्सर्ना गरेको छ ।
संगठनका कार्यबाहक अध्यक्ष दिनेशले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै विना कारण आफ्ना कार्यकर्ता गिरफ्तार गरेको भन्दै तत्काल बिना सर्त रिहा गर्न माग गरेका छन् ।
उनले वर्तमान सरकारले आफ्ना कार्यकर्तालाई विना कारण प्रकाउ गरेको भन्दै रिहाईको माग गरेका हुन् ।
युवा संगठन नेपालका समर्थक अमृत, लक्ष्मण र टेक लुहारलाई राजनैतिक आस्था राखेकै कारण गत चैत्र ६ गते काठमाडौंबाट गिरफ्तार गरेको पनि उनले विज्ञप्तीमा जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ – “सामाजिक फासीवादी कथित कम्युनिस्ट सरकारको गृह प्रशासनले बिनाकारण गिरफ्तार गरेको घटनाप्रति हाम्रो संगठन घोर निन्दा एवंम् भत्सर्ना गर्दछ ।”र्, लोकतन्त्रमा जुनसुकै पार्टी र संगठनमा आस्था राख्न पाउनु नागरिकको अधिकार हो ।’ गिरफ्तार गरिएका समर्थक साथीहरुलाई कपोकल्पित झुठ्ठा मुद्दा लगाई जेल, हिरासत राख्ने कार्य राज्यले तु बन्द गरोस् र हाम्रो संगठन गिरफ्तार गरिएका समर्थक साथीहरुलाई तुरिहाईको जोडदार माग गर्दछ ।”