अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाइँदै

अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाइँदै

  • शनिबार, चैत्र ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 23.8K
    SHARES

काठमाडौं, ८ चैत ।
आज अन्तर्रा्ष्ट्रिय जातिय विभेद उन्मुलन दिवस विभिन्न कार्यक्रम गरि मुलुक भर मनाईदै छ । तर कोरोना भाइरसका त्रासका कारण औपचारिक कार्यक्रमको आयोजना भने गरिएको छैन ।
संक्रमण रोक्न सरकारले समेत २५ जना भन्दा बढि भेला हुन रोक लगाएकाले ठुला सभा सम्मेलनको आयोजना नगरिएको सरोकारवाला निकायले जनाएका छन् । यद्धपी जातिय विभेद अन्त्यका लागि काम गर्ने विभिन्न संघसंस्थाले अनौपचारिक छलफल लगाएतका कार्यक्रम गरि दिवस मनाउदै छन् ।

काला र गोरा जातिको बीचमा हुने भेदभाव अनी दास प्रथा विरुद्धमा ५२ वर्षअघिबाट हरेक मार्च २१ मा यो दिवस मनाइन्छ ।

सन् १९६० मा दक्षिण अफ्रिकामा आजैका दिन जातीय विभेदविरुद्ध निकालिएको शान्तिपूर्र्ण यालीमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा ६९ जना अधिकारकर्मीहरु मारिएका थिए भने ३ सय भन्दा बढी घाइते भएका थिए ।

सोहि घटनाको स्मरण गर्दै सन् १९६६ मा संयुक्त राष्ट्र संघले सबै प्रकारका जातिय बिभेद उन्मुलन सम्बन्धी अन्तर्रा्ष्ट्रिय महासन्धी पारित र्गयो ।

नेपालले सन् १९७१ मा उक्त सन्धीको अनुमोदन गरेपछि मार्च २१ को दिनलाई रङभेद दिवसको रुपमा मनाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ