सीमा नाकामा स्वास्थ्य जाँच गरेर मात्र आवागमन,प्रधानमन्त्रीले छिमेकी राष्ट्रहरूसँग समन्वय गर्ने

सीमा नाकामा स्वास्थ्य जाँच गरेर मात्र आवागमन,प्रधानमन्त्रीले छिमेकी राष्ट्रहरूसँग समन्वय गर्ने

  • शनिबार, चैत्र ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ ८ चैत ।
सरकारले सीमा नाकामा स्वास्थ्य जाँच गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यससम्बन्धमा छिमेकी राष्ट्रहरूसँग समन्वय गर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ । यसका लागि मुलुकभरका अस्पतालबाट सेवा प्रदान, पर्याप्त औषधि र उपकरणको प्रबन्ध, आवश्यक जनशक्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको उहाँको भनाई छ ।
यस अघि नै सरकारले कोरोनाको संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा भोलि देखि आगामी २१ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ ।

संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द हुने छन् । सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका कर्मचारीले भने यथावत् रूपमा आफ्नो काम गर्नुपर्ने बताइएएको छ ।

त्यस्तै नेपाल भित्रिने सबै अन्तर्रा्ष्ट्रिय हवाई उडान भोलिदेखि नै आगामि १८ गतेसम्म स्थगन गरिएको छ भने लामो दूरीमा सञ्चालन हुने सबै प्रकारका सवारी साधन सञ्चालनमा पनि सोमबारबाट रोक लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ