वीरगंज, ८ चैत ।
नारायणी अस्पतालले उपचारका लागि आउने जो कसैलाई पनि थर्मल जाँच पछि मात्रै प्रबेस दिन थालेको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन अस्पतालले उपचारका लागि आउने सबैलाई गेटमै थर्मल जाँचको व्यवस्था मिलाएको छ । थर्मल जाँच गरेर मात्रै प्रवेश दिन थालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्यायले जानकारी दिनुभयो ।
थर्मल जाँचका लागि अस्पतालले ६ जना स्वयम् सेवक परिचालन गरेको छ । उनिहरू अस्पतालको गेटमा थर्मल चेकका लागि स्ट्याण्डवाई रहने पनि उहाँले बताउनुभयो ।
यस्तै अस्पतालको आइसोलेसन वार्ड र ओपिडि वार्डमा स्यानिटाइज गरिएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको भिडभाड हुने भएकाले उच्च सतर्कता अपनाईएको सुपरिटेण्डेण्ट डा.उपाध्यायले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline