मोरङ, चैत्र ०६ गते । मोरङको सुनवर्सी नगरपालिका-८ मिलन चोकबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ ।
आज दिउँसो १ बजेको समयमा मे ४ प ७७३७ नम्बरको मोटरसाईकलमा भारतिय बजारबाट नेपाल तर्फ आऊँदै गरेका मोरङको पथरी शनिश्चरे नगरपालिका(६ का २८ बर्षिय काजीमान बि.क. र बर्ष २८ कै शिव नारायण चमारको साथबाट नियन्त्रीत लागुऔषध कोरेक्स १ बोतल, नाईट्राभेट ४९ ट्याब्लेट र स्पोभन १६ ट्याब्लेट बरामद भएको थियो ।
लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline