६ चैत, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखिका सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषदको बिहीबार बसेको बैठकले पठन पाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।
‘चैत ७ गतेपछि हुने त्रिविका सबै संकाय र सबै तहका परीक्षा स्थगित गरिएको छ’ बाँस्कोटाले भने । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले बिहीबारदेखि हुने एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको थियो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना संक्रमणको जोखिम हुने भन्दै एक ठाउँमा २५ जना भन्दा बढी मानिसको भेला हुन प्रतिबन्ध लगाएको छ । मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline