५ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएकाे छ । सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
यसअघि बुधवार दिउँसाे बसेकेा समितकाे बैठकले विद्यालय तथा कलेजहरू चैत मसान्त सम्म बन्द गर्ने तर पूर्व निर्धारित परिक्षाहरू सन्चालन गर्ने निर्णय गरेकेा थियाे । तर उपप्रधानमन्त्री पाेख्रेलले परिक्षा स्थगित भएकाे जनाए ।
एसईई परीक्षा भाेली चैत ६ गतेदेखि तोकिएको थियो । यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी समेत गरेको थियो।
चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुने एसईईमा प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको थियो । बिहीबार अर्थात् चैत ६ गतेदेखि तोकिएको परीक्षा अर्को निर्णय नभएसम्मका निम्ति स्थगित भएको हो । एसईई परीक्षाका लागि देशभर १९९५ केन्द्र तोकिएको थियो ।
बिहीबारदेखि सुरू हुने एसइई परीक्षा स्थगित गरेको सरकारले विश्वविद्यालयका परीक्षा पनि स्थगित गरेको छ। भाइरसको संक्रमण फैलने खतरालाई रोकथाम तथा नियन्त्रणका लागि एसईईसहित अन्य सबै परिक्षा स्थगित गरिएकाे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले जानकारी दिए।
चैत महिनामा हुने विश्वविद्यालयका परीक्षा स्थगित गरिएको जानकारी दिदै शिक्षा मन्त्री पाेख्रेलले भने, ‘एसइईसहित सबै परीक्षा रोक्ने निर्णय भएको छ। हामीले सम्माननीय प्रधानमन्त्रीसँग छलफल गर्यौं’, जोखिम रोक्नको लागि यो निर्णय उचित हुन्छ भन्ने भयो।’