लागू औषध नियन्त्रण ब्यूरोले विशेष सूचना संकलन गरी संचालन गरेको पछिल्लो
कारवाहीका क्रममा नियन्त्रित लागूऔषध तथा मनोद्विपक पदार्थ सहित विभिन्न
स्थानबाट १२ जनालाई पक्राउ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नुवाकोट सुर्यगढी गाउँपालिका वडा नं ५ का वर्ष २५ को सरोज पौडेल, जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं.४ की वर्ष २२ की उर्मिला तामाङ्, जिल्ला धादिङ् निलकण्ठ नगरपालिका वडा नं. १ का वर्ष २९ को राज कुमार गुरुङ् र जिल्ला महोत्तरी, मटिहानी नगरपालिका वडा नं. ८ का बस्ने वर्ष ३८ को ईमतियाज नदाफलाई फागुण २० गते नै काठमाण्डौ बालाजुबाट नियन्त्रणमा लिईएको ब्यूरोले जनाएको छ ।
नियन्त्रित लागू औषध तथा मनोद्विपक पदार्थ बुप्रेनोर्फिन ३९६ एम्पुल, डाईजेपाम २४४ एम्पुल र फेनारगन ४०५ एम्पुल सहित लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरि निजहरू उपर कानुनी कारवाही अघि बढाईएको ब्यूरोले जनाएको छ ।
यसै गरी फागुण २२ गते काठमाण्डौं महानगरपालिका वडा नं.१४ बल्खुबाट बुप्रेनोर्फिन ३०० एम्पुल, डाईजेपाम ३०० एम्पुल र फेनारगन ३०० एम्पुल सहित जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं. ७ का वर्ष ३५ को पचुदास गिरीलाई लागू औषध नियन्त्रण ब्यूरो ले पक्राउ गरेको छ ।
त्यसै गरी फागुण २८ गते काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बेसीगाउँबाट बुप्रेनोर्फिन ६६० एम्पुल, डाईजेपाम ५९१ एम्पुल, फेनारगन ६१५ एम्पुल, नाईट्राभेट ५४० ट्याव्लेट र लागू औषध कारोवारको रकम रु एक लाख ९४ हजार पाँच सय सहित सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ घर भई हाल काठमाण्डौ बस्ने रवि भन्ने राजिव तामाङ र जिल्ला ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका वडा न.७ घर भई हाल काठमाण्डौ बस्ने बर्ष २१ को सरोज राईलाई पनि नियन्त्रणमा लिईएको छ ।
यसै गरी चैत्र १ गते काठमाडौं कलंकीबाट नियन्त्रित लागू औषध बुप्रेनोर्फिन १००० एम्पुल, डाईजेपाम १००० एम्पुल र फेनारगन १००० एम्पुल सहित जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं १३ की वर्ष ५२ की मैंयादेवी श्रेष्ठ र जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. १५ ठेगाना भएकी वर्ष २४ की ज्योति बराल र भारत बिहारका वर्ष २४ को विशाल कुमार र वर्ष
२४ को राम विकास कुमार राम, धुलिखेल नगरपालिका वडा नं. ६ ठेगाना भएका वर्ष ६० को उद्दव आचार्य लाई पनि ब्यूरोले नियन्त्रणमा लिन सफल भएको छ ।
यसरी पछिल्लो कारवाहीका क्रममा पक्राउ गरिएको संख्या पुरुष ९ र महिला ३
गरी जम्मा १२ जना एवम् बरामद गरिएको कुल नियन्त्रित लागू औषध तथा
मनोद्विपक पदार्थ बुप्रेनोर्फिन २७५६ एम्पुल, डाईजेपाम २५३५ एम्पुल, फेनारगन
२७२० एम्पुल गरी कुल ८०११ एम्पुल, नाईट्राभेट ५४० ट्याव्लेट र लागू औषध
कारोवारको रकम रु एक लाख ९४ हजार ५ सय रुपैया रहेको छ । उनीहरुमाथि अधिकतम ९० दिन हिरासतमा राखेर अनुसन्धान हुने छ भने त्यसपछि पुर्पक्षका लागि थुनामा जाने र धरौटीमा छुट्ने संभावना रहन्छ ।
देश भित्र दिनहुँ लागू औषध सहित मानिस पक्राउ पर्ने क्रम रोकिएको छैन । तर पनि यसको प्रयोग र कारोबार बढ्दा युवाहरुमा कुलत र समाजमा विकृति फैलिने क्रम निर्मुल हुन सकेको छैन ।
छ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ
नेपाल प्रहरीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । उनलाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।