एकीकृत जनक्रान्ति र मालेमाबाद

एकीकृत जनक्रान्ति र मालेमाबाद

  • मङ्लबार, चैत्र ४, २०७६
  • कलम सिंह बिक

  • 23.9K
    SHARES

नेपालको दलाल संसदिय ब्यबस्थालाई बुझ्न र बदल्नका लागि एकिकृत जनक्रान्ति र मालेमाबाद लाई राम्रो सग बुझ्न जरुरी हुन्छ । माहान दार्शनिक कमरेड माक्र्सको भनाई अनुसार संसारको ब्याख्य धेरै दार्शनिकहरुले गरेका छन् मुख्य कुरा ब्याख्या होईन बदल्ने हो ।माक्सको यो भनाईलाई एकिकृत जनक्रान्तिले बिकास गरेको छ । एकीकृत जनक्रान्तिले संसारलाई बदल्ने कुरा मुख्य हुदाहुदै पनि अहिले बदलिएको संसारको रक्षा गर्ने कुरा मुख्य हुन गयको कुरा थप गरेको छ।बिगतको ईतिहास हेर्दा समाजवादी रुस पुँजिवादमा वदलिनु,जनबादी चिन पुजिबादमा बदलिन पुगे को देखिन्छ।नेपालमा पनि सामन्त,दलाल र नोकरशाही सत्ता बिरुद् गरेको क्रान्तिका उपलब्धि प्रतिक्रान्ति पछि गुमेको देखिन्छ। आफ्नाबर्गको पार्टी, सेना, जनसत्ता,र अदालतको रक्षा हुन‌ नसक्दा फेरि क्रान्ति गर्नुपर्ने स्थिति आएको छ। बदल्ने कुरा सगसगै रक्षा गर्ने कुरा मुख्य हुन्छ भन्ने कुरा यसले पुस्टि गर्छ।
अहिले संसारमा‌ क्रांति का दुईवटा मोडेलहरु रहेका छन। एउटा रुसी मोडेल र अर्को चिनियाँ मोडेल हो।रुसी मोडेल विद्रोहको र चिनियाँ मोडेल दिर्घकालिन जनयुद्धको मोडेल हो।रुसि मोडेल शहर केन्द्रित मोडेल हो भने चिनियाँ मोडेल गाउँ केन्द्रीत मोडेल हो।रुसी मोडेलले शहरलाई मुख्य बनाउछ र मजदुर वर्गलाई मुख्य शक्तिको रुपमा परिचालन गर्छ। चिनियाँ मोडेलले गाउँ लाई आधार बनाउछ र किसानलाई मुख्य शक्तिको रुपमा परिचालन गर्छ ।ई दुई मोडेल र बिश्वमा भयका क्रान्तिका सफलता र असफलता बाट शिक्षा लियर विकसित भयको नेपाली क्रान्तिको मौलिक मोडेल नै एकिकृत जन क्रान्ति हो।यसले नेपाली समाजको ठोस स्थितिको ठोस विश्लेषण गरेको छ।
नेपाल गाउँ र शहर मिलेर बनेको देश हो। यातयात, सुचना, सञ्चारको विकासले शहर र गाउँलाई एक ठाउमा जोडेको छ।नेपालमा बिभिन्न जातजातिका मानिसहरुको बसोबास रहेको छ। पहाडमा ब्राह्मण, छेत्री, दलित र जनजातिका मानिसहरु बस्दछन भने तराईमा मदेसी समुदायको बसोबास रहेको छ।नेपालमा मजदुर किसान सगै मद्यमवर्गको सख्या पनि बढि ढेखिन्छ।नेपालको राजनिति, सुरक्षा,र कर्मचारी भित्र देश र जनताको माया गर्ने देशभक्त शक्ति पनि रहेको छ।यी सबै विशेषताहरुको बिश्लेषणबाट एकिकृत जनक्रान्तिको संश्लेषण भयको छ। एकिकृत जनक्रान्तिले शहरलाई गाउँसग, मद्यमवर्ग, देशभक्त शक्तिलाई मजदुर, किसानसँग,जोड्छ। तराईको उत्पिडित मदेशीलाई पहाडका उत्पिडित ब्राह्मण, छेत्री, दलित र जनजातिसँग जोड्छ। दलाल पुजिबादलाई निशाना बनाउछ। मजदुर,किसान, मद्यमवर्ग र देशभक्त शक्तिलाई एकताबद् बनाउदै निरन्तर क्रान्ति गर्छ।दलाल संसदिय ब्यबस्थाको अन्त र  वैज्ञानिक समाजबादको जन्म गराउछ।
मालेमाबाद संसारका उत्पिडित श्रमिक वर्गको मुक्तिको बैचारिक हतियार हो।यो बैचारिक हतियारले लैस भएपछि श्रमिक वर्गमा भौतिक शक्ति पैदा हुन्छ। सन् १८४८ मा माक्र्सले कम्यूनिष्ट घोषणा पत्रमा संसारका मजदुर एक होऔ भन्ने नारा दिनु भयो।यस नाराबाट मजदुर बर्गमा नयाँ उर्जा थपियो। मजदुर वर्ग एकताबद्ध भयर पुजिपतिबर्गसग‌ सघर्ष गर्यो।समाजमा वर्ग सघर्ष र‌ पार्टी भित्र दुईलाईन सघर्षमा बिजय हासिल गर्दै मालेमाबाद विकसित भएको छ।सन १९७१को पेरिस कम्युन,सन १९१७ को अक्टुबर क्रान्ति,सन १९४९को चिनियाँ क्रान्ति वर्गसंघर्ष र अन्तर सघर्ष बाट नै अगाडि बढेको थियो।माक्सले बाकुनिनका गलत विचारसँग, लेनिनले होक्चा,जिनानोभ,कामिनोभसग,माओले लिलिशान,छनत्युस्यु,चाङकोथाओका गलत विचारसँग सघ्रस गर्नु भयेको थियो।
नेपालमा पनि प्रचन्डको नवशसोधनबादसग दुईलाईन‌ सघस गरेर नै अहिले हाम्रो जनप्रिय पाटी जन्मेको हो।नेपालमा अहिले दलाल पुजिबाद र बैज्ञानिक समाजबादको बिचमा सङघ्रस चलिरहेको छ।दलाल पुजिबादको नेत्रित्व केपि र प्रचण्डको सरकारी नेपाल कम्यूनिष्ट पार्टीले गरिरहेको छ।बैज्ञानिक समाजबादको नेतृत्व हाम्रो जनप्रिय पाटी नेपाल कम्यूनिष्ट पार्टी ले गरिरहेको छ।दलाल पुजिबादले बैज्ञानिक समाजबादमाथि प्रतिबन्ध लगाएको छ।उसको प्रतिबन्ध बैज्ञानिक समाजबादको‌ अगाडि असफल भयको छ। एकिकृत जनक्रान्ति र मालेमाबादको वैचारिक हतियारले सुसज्जित क्रान्तिकारी हरु बैज्ञानिक समाजबादको सुन्दर समाज जन्माउन जेल,नेल,मिर्तुलाई जित्दै अगाडि बढिरहेका छन्।दलाल पुजिबाद खारेज गरौ१बैग्यानिक समाजबाद लागु गर्न संघर्ष गरौ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी