वीरगंज ४ चैत । वीरगंज बसपार्क स्थित बिभिन्न होटेल तथा खाजाघरबाट प्रहरीले यौनजन्य अबैध गतिबिधीमा संलग्न रहेको ६ जना महिलालाई सोमबार साँझ पक्राउ गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १५ नयाँ बसपार्कमा रहेका बिभिन्न होटेल तथा खाजाघरमा छापमारी गरि प्रहरीले ६ जना महिलालाई नियन्त्रणमा लिएको हो बसपार्कस्थित होटेल तथा खाजाघरहरुमा अबैध यौनजन्य क्रियाकलाप संचालन हुदै आएको स्थानीयहरुले गुनासो गरे पछि पर्सा प्रहरीले छापामारी गरेको थियो ।
सो छापामारीको क्रममा प्रहरीले अवैध गतिविधिमा लागेका ६ महिलालाई समेत पक्राउ गरेको छ पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान जारी रहेको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक बिरेन्द्र शाहीले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline