बिरगंज , चैत्र ४ गते । बिरगंज महानगर पालिकाले अबदेखी बिरगंज नगर भित्र जथाभावी ध्वनी प्रदुषण गर्ने माथी रोक लगाउने निर्णय गरेको छ ।
मंगलवार बिरगंज महानगर पालिकाको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो। बिरगंज महानगर पालिकाको मेयर बिजय सरावगीको अध्यक्षतामा बसेको बैठकले कुनै पनि पार्टी प्यालेस , होटल , बिवाह समारोह , सार्वजनिक स्थल र सडकहरुमा डिजे चर्को आवाजमा बजाउन नपाउने , महानगर भित्र सन्चालित डिजेहरुले दर्ता गर्नु पर्ने , राती १० बजे पछी र बिहान ६ बजे सम्म कुनै किसिमको ध्वनी प्रदुषण गर्न नपाउने , पसलहरुमा ठुलो स्वरमा म्युजिक बजाउन नपाईने , कुनै पनि कार्यक्रममा लाउडस्पिकरको प्रयोग गर्नु पर्ने भएमा महानगरको पुर्व स्विकृति लिनु पर्ने निर्णय गरेको हो।यसको लागी २-४ दिन विभिन्न पार्टी प्यालेस र डिजेहरुलाई जानकारी गराउने र अटेर गर्नेलाई कानुनी कार्वाही गर्ने समेत मेयरले जानकारी गराउनु भयो।
त्यस्तै अहिले बिश्वमा फैलिएको कोरोनाको बारेमा सबै नगरवासीहरु र एसीई चैत्र ६ गते देखि सुरु हुने हुदा त्यसलाई मध्य नजर गर्दै बिद्यार्थीहरुको लागी हात धुने साबुन , पानीको व्यवस्था गर्ने , नगर भित्र लामखुट्टे बढदै गैइ रहेकोले त्यसलाई नियन्त्रण गर्न औसधि छर्ने , नगरभित्रका सम्पुर्ण नाला सरसफाइ गर्ने र फोहोर व्यवस्थापन गर्ने पनि निर्णय गरेको थियो ।सो बैठकमा पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्त , बिरगंज महानगर पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरुण कुमार महतो लगायतकाको सहभागिता रहेको थियो ।