थानकोटकाे तीनथानामा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

थानकोटकाे तीनथानामा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

  • मङ्लबार, चैत्र ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडाैं, ४ चैत ।

काठमाडौंमा पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । चन्द्रागिरी नगरपालिका-१५ तीनथानास्थित सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्रलगेर ती किशोरीमाथि तीन जना युवाले सामूहिक बलात्कार गरेका हुन्।

मंगलबार बिहान २ बजे भएको उक्त घटनामा संलग्‍न ३ जनालाई नै प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

सामूहिक बलात्कार आरोपमा पक्राउ परेकाहरुमा राप्ती गाउँपालिका-१ दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका-९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका-२ रामेछापका १९ वर्षीया कपिल खड्का छन्। उनीहरु विभिन्‍न ट्रकका सहचालक रहेको खुलेको छ।

बलात्कारमा परेकी किशोरीलाई प्रहरीले माइती नेपालको जिम्मा लगाएको छ। आरोपितलाई प्रहरी वृत थानकोटको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।

घरायसी कामको सिलसिलामा धादिङबाट काठमाडौं आएकी ती किशोरी सोमबार दिउँसो फर्कने क्रममा थिइन्। त्यही बेला तीनथानास्थित भेटिएका तीन जना युवाहरुले आफूहरु धादिङ जाने र सित्तैमा धादिङ पुर्‍याइदिने किशोरीलाई पर्खाएका थिए।

धेरै अबेर भएपछि आफू आत्तिएर कसैलाई सहयोग मागेको तर सुनसान भएका कारण कसैले नसुनेकोकिशोरीले प्रहरीलाई बताएकी छन्। डीएसपी श्रेष्ठका अनुसार घटना घटाएर तीनजना भागेको अवस्थामा पीडित किशोरीलाई प्रहरीको गस्ती टोलीले ट्रकको पछाडि फेला पारेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ