बास उठ्ने चिन्ताले मुसहर बस्तीमा रुवाबासी

बास उठ्ने चिन्ताले मुसहर बस्तीमा रुवाबासी

  • मङ्लबार, चैत्र ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

आफ्ना पराले झुप्रा रहेका बस्तीको जग्गा खाली गर्न दिनदिनै उर्दी सुन्नु परेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–३ सकरीका मुसहर चिन्तामा परेका छन् ।

पुस्ताँैदेखि बस्दै आएको जग्गा आफ्नै छिमेकका टाठाबाठाले मेरो जग्गा हो भन्दै खाली गराउन दिनदिनै उर्दी गरेपछि यस मुसहर बस्तीमा रुवाबासी चलेको छ ।

“हजुर हमर बाप दादा अही ठाम गुजरबसर कैलक, हमसभ अही ठाम जवान भेली, आब कत्त जाउ ? ” हाम्रा बाउबाजेले यसै ठाउँमा गुजारा गरे, हामी यसै ठाउँमा हुक्र्यौं, बढ्यौं, अब कहाँ जाउँ रु० सकरी पुगेका सञ्चारकर्मीको टोलीसँग बिलौना गर्दै सो बस्तीका ५० वर्षका चन्देश्वर मुसहरले भन्नुभयो, “हमरासबके परल ई बिपत्तिके के देखदेत रु” ९हामीलाई परेको यो आपत्मा कसले मद्दत गरिदेलान् ?

वर्षौवर्षदेखि मुसहरका पराले झुप्रा रहेका जग्गा सो बस्तीकै जगतनारायण मण्डल र उनका परिवारले आपूmले किनेको भन्दै जग्गाधनी प्रमाण पूर्जा देखाउँदै तत्काल खाली गराउन दिनदिनै उर्दी दिन थालेपछि मुसहर बस्तीमा अब कहाँ जाने भन्ने पिरोलो बढेको हो । “हमरा गरीबके कोनो सहारा नइभेल हजुर।।।१” ९हामी गरीबका कोही सहारा भएनन् हजुर।।१० सोमबार दिउँसो आफ्नै बस्तीभित्रको खाली चउरमा जम्मा भएका मुसहरको सामूहिक रोदन थियो । पछिल्ला दुई वर्षयता आफ्नै बस्तीका जगतनारायण मण्डलले झुप्रा खाली गराउन दबाब दिँदै आएपछि उठिबासको चिन्ताले पिरोलिएका मुसहररूले सञ्चारकर्मीको टोलीसँग आफ्नो व्यथा ठाउँठाउँमा पु¥याइदिन आग्रह गरेका छन् ।

“हमसभ पढलिख नईसकल मुरख छि हजुर” ९हामी लेखपढ गर्न नजान्ने मुर्ख छौं हजुर० भेलामा बलिन्द्र धारा आँशु काढ्दै रामराजी सादा मुसहरले सञ्चारकर्मीसँग भन्नुभयो, “आब हमरासभके वात अहाँसभ ठामठाम पहुँचा दिय” ९अब हाम्रा कुरा ठाउँठाउँमा तपाइँहरु पु¥याई दिनोस्० । बस्तीका मालिक ९अन्य जाति समुदायका आपूmले काम गर्ने धनीलाई मुसहर मालिकको सम्बोधन गर्छन्० हरुले जवानीभरि काम खाएर बुढेसकालमा लघार्न खोजेका त्यहाँका पाका मुसहर महिलाको गुनासो छ । छिमेककै लोहारपट्टी ९भङ्गाहासँगै सीमा जोडिएको जिल्लाकै लोहारपट्टी नगरपालिकाको लोहारपट्टी बस्ती० का जिम्दार ९तत्कालीन जग्गाधनीलाई गरिने सम्बोधन० सुनरलाल साह र रामखेलावन साहले २०२० सालताका आफ्नो सकरी मौजा ९खेती गरिने ठाउँ० मा कृषि कामदारका लागि मुसहरको बस्ती बसाएका थिए ।

अहिले साहका सन्तान र नातेदारले झुप्रा रहेको जग्गा अर्कैको नाउँमा रजिष्ट्रेशन गरिदिएर घर भत्काइ दिने धम्की दिन थालेपछि सकरीका मुसहरको बसोबास सङ्कटमा परेको हो । आफ्नो जवानीको सारा जोश र जाँगर जिम्दारको खेतमा काम गरेर बिताएका मुसहर यतिखेर साहका सन्तान र नातेदारले झुप्रा घर भएको ठाउँ अर्कैलाई रजिष्ट्रेशन गरिदिएपछि छाँगाबाट खसेजस्ता भएका छन् । “कि करु हजुर जिम्दार साहब त अई दुनियाँ स चैल गेला” के गरुँ हजुर, जिम्दार साहब त यो दुनियाँबाट बिदा भए० सो बस्तीका श्रीकिशुन मुसहर बिलौना गर्दै भन्नुहुन्छ, “आब् अखैन् हुनक् रिस्तेदारसब् हमरा सबके उठ्व चाहैछैथ ।’

अहिले आएर उहाँका नातेदार हाम्रो उठिवास गराउन लागिपरेका छन् । लोहारपट्टीका जिम्दार स्व सुनरलाल साह र रामखेलावनले बसाएका मुसहरले घर झुप्रा बनाउँदा आफ्नो बढी जग्गा चर्चेका भन्दै सुनरलालका छोरा रामकिशोर साहले २०६५ सालमा आफ्नै जनकपुरस्थित घरमा सामाजिक छलफल गराएका थिए ।

छलफलपछि २५ घर आफूहरुलाई रामकिशोरकै सहमतिमा छुट्याइएको पाँच कठ्ठा घडेरीभित्र बनेका २५ घरको जग्गा अहिले अर्कैको नाउँमा पास गरिदिएपछि बिल्लीबाठको स्थिति बनेको सो बस्तीका मुसहरको भनाइ छ । विसं २०२२ तिर भूमिसुधार लागू भएर जग्गाको हदबन्दी लगाइएपछि साहले जग्गा बचाउन जिल्लाकै बनौलीदनौलीका नातेदारका नाउँमा नामसारी गरिदिएका सकरीका बुढापाका बताउँछन् ।

२०६५ सालमा भएको छलफलमा जग्गा नाउँमा हुने बिमलप्रसाद साहकै रोहबरमा पाँच कठ्ठा जग्गा आपूmहरुका घर झुप्राका लागि छुट्याइएपछि बढी जग्गा छोडिदिएको सो बस्तीका मुसहर बताउँछन् । अहिले बिमलप्रसादले आफ्नै बस्तीका जगतनारायण मण्डललाई आपूmहरुको घर झुप्रो भएको जग्गा पास गरिदिएपछि जगतले जग्गा खाली गर्न दिनहुँ हुलहुज्जत गर्न थालेका सिर्वती सादा मुसहरको भनाइ छ । “बापदादा बैसल ठाम स घर हटावलेल मण्डल कहैछैथ” ९बाउबाजे बसेका ठाउँबाट झुप्रा हटाउन मण्डलका परिवार भन्नुहुन्छ० सिवर्ती भन्नुहुन्छ,“थाना, चौकी आ बड्का हाकिमसभ ओसभ्के वात देखाक डटैछैथ, आब हमसभ कत्त जाउ रु” ९थाना, चौकी प्रहरी र अन्य हाकिम पनि उनीहरुकै ९मण्डलकै० बोली टिप्छन् हजुर।।,अब हामी कहाँ जाउँ ?

लामो समयसम्म रामकिशोरका कारिन्दा भएर सकरी बसेका बिमलप्रसाद र अहिले जग्गा आपूmले किनेको भन्ने जगत मण्डल यी सबै कुराको साक्षी भएर पनि बुझ पचाउन थालेका मुसहरहरुको भनाइ छ । मुसहरको भनाइबारे जिज्ञासा माग्दा बिमलले आफ्नो नाउँमा भएको जग्गा पास गरिदिएको र जगतले पैसा तिरेर जग्गा किनेको छोटो प्रतिक्रिया दिनुभयो । मुसहरले अब घर खाली गरी दिनुपर्ने वा चलनचल्तीको मूल्य तिर्नुपर्ने बिमल र जगतका परिवारको एउटै भनाइ छ ।

जगत अहिले अवैध मदिरा भट्टी सञ्चालन गरेको आरोपमा पक्राउ भएर प्रहरी हिरासतमा भए पनि उनका परिवारजनले दिनहुँ धम्की दिने गरेको रामनारायण सादा मुसहर बताउनुहुन्छ । यता जग्गाका वास्तविक धनी भनिएका रामकिशोर साह आपूmले सहमतिमा पाँच कठ्ठा मुसहरका लागि छुट्याइदिएको भए पनि अहिले जग्गा नाउँमा हुने बिमलले अर्कैको नाउँमा पास गरिदिएकाले आफ्नो केही भन्ने, गर्ने स्थिति नभएको बताउनुहुन्छ । सकरीमा २०२० सालताका २५÷३० वर्षको उमेरमा बसेका मुसहरहरुको अहिले चौथो पुस्ताका सन्तान छन् । खेतबारीको माटो काट्ने, पुर्ने र अन्य कृषि कार्यमा पोख्त मानिने मुसहरसँग आफ्नो सम्पत्ति भन्ने केही देखिदैन ।

पछिल्लो समय सकरीका मुसहरविरुद्ध जग्गाको खेलो गर्ने भूमाफियाहरुको षड्यन्त्र भएको जिल्लाकै बर्दिवास–५ चेरुका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता तेजप्रसाद अधिकारी बताउनुहुन्छ ।

अधिकारीले भन्नुभयो,“२०६५ सालतिर जग्गाधनी रामकिशोरजी, जग्गा नाउँमा हुने बिमलजी र अहिले जग्गा लिने जगतजीसहितको सहमतिमा २५ घर मुसहरलाई पाँचकठ्ठा जग्गा छुट्याइएको हो ।” आफ्नो जग्गामा बसाएबापत चार पुस्तादेखि मुसहरलाई काम गराएर अहिले षड्यन्त्रपूर्वक उनीहरुको बस्ती उठाउन खोज्नु सामाजिक न्यायविपरीत भएको अधिकारीको थप भनाइ छ ।

आफूहरुको  दुःख पुकारा सुनेर पराले झुप्राका ठाउँमा पक्की घर बनाइ दिने पहलकदमीका लागि कतिपय संस्थाका प्रतिनिधि आए पनि झुप्रेबस्ती भएको ठाउँ अर्कैको नाउँमा दर्ता रहेको बुझेपछि त्यत्तिकै फर्कने गरेका सकरीका मुसहर बताउँछन् । बेसहारा आपूmहरुको अवस्था बुझेर पहलकदमी लिइदिन त्यहाँका मुसहरको सबैसँग पुकारा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ