फागुन ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र आमाको लगानी सुरक्षित भएको निर्माण पक्षले बताएको छ । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ले चौथाृ हप्ता पार गरेको छ । योसँगै प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’ हलबाट उत्रिसकेको छ । त्यस्तै, मल्टीप्लेक्सहरुमा पनि फिल्मले राम्रो सोज प्राप्त गरेको छ । तर, केही दिनयता भने हलमा फिल्म हेर्ने दर्शक न्यून छन् ।
कोरोना भाइरसको त्रासका कारण फिल्म हेर्न हलमा दर्शकको उपस्थिति पातलिँदै गए पनि चौथो हप्तासम्म आइपुग्दा ‘आमा’ ले आफ्नो लगानी सुरक्षित गरेको निर्माण कम्पनीले एक विज्ञप्ती जारी गर्दै जनाएको छ । डिएस डिजिटलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘चौथो हप्तासम्म आइपुग्दा फिल्मले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भैसकेको छ ।’
निर्मात्री शर्मिला पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोरोनाको त्रासबीच पनि हलसम्म पुगेर फिल्म हेर्ने दर्शकलाई निर्माणपक्षले धन्यवाद दिएको छ । फिल्मको कमाईबाट निर्माण टिम सन्तुष्ट छ ।