काठमाडौं, ४ चैत । काठमाडौं महानगरपालिका पुतलीसडक छेउमा रहेको न्यूप्लाजाको देवी गल्लीमा भुस्याहा कुकुरको आतंक देखिएको छ ।
उक्त गल्लीमा करिब १५ वटा कुकुर एकै ठाउँमा बस्ने गर्छन र त्यो गल्ली भएर हिंड्ने प्रायः नयाँ मान्छेलाई झम्टने गर्छन ।
प्रायः विहान बेलुका मानिसहरुमाथि जाइलाग्ने ती कुकुरहरुले हालसम्म करिब ५० जनालाई टोकिसकेको स्थानीय शान्तराम भट्टराई बताउँछन् ।
‘हामीले यी कुकुरले गर्दा निकै सास्ती पाएका छौं’, उनी भन्छन्,‘रातभरि पनि भुकेर सुत्न दिंदैन, दिनमा टोकेर हैरान पारिसके ।’ नपाल समाचारपत्र दैनिकबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline