भारतले गत नोभेम्बर २ २०२० का दिन प्रकाशित नयाँ नक्शामा नेपाल लिम्पियाधुरादेखि पूर्वमा पर्ने कुटी, नाभी, गुन्जी, कालापानी र लिपुलेकसम्मको ३९४ वर्ग कीमी भन्दा बढी भूभाग आफूतिर पार्ने दुस्प्रयास गरेको छ । सन् १८१६ को सुगौली सन्धिले नेपालको पश्चिमी सीमा महाकालीमा सिमित गरेको हो । सुगौली सन्धिको धारा ५ मा “नेपालका राजा र उनका उत्तराधिकारीहरूले काली (महाकाली) नदीको पश्चिम देखिको देशसँगका सम्बन्ध र दाबी परित्याग गर्ने भनिएको छ ।” २०१८ असोज १९ गतेको नेपाल र चीन सीमा सन्धिको दफा १.१ ले पनि “नेपाल र चीनबीचको पश्चिमी सीमा महाकाली र तिंकर नदीको पानी ढलोबाट शुरु हुने” भनेको छ । त्यसैले सुगौली सन्धि र नेपाल–चीन सीमा सन्धिका आधारमा नेपालको पश्चिमी सीमा महाकाली नदी हो, जुन नदी लिम्पियाधुराबाट उत्पत्ति भएर बग्छ ।
तर सुगौली सन्धिले छुट्याएको नेपालको पश्चिमी सीमाभित्र पर्ने लिम्पियाधुरा पूर्वको ३९४ वर्ग किमी भूभाग यतिबेला भारतले सैन्य बलका आधारमा हडपेको छ । भारतले हडपेको नेपाली भूमिमा लिम्पियाधुरादेखि यताका कुटी, नाभी, गुन्जी गाउँका साथै कालापानी र लिपुलेक क्षेत्र पर्दछ । उसो त सो क्षेत्रमाथि अतिक्रमणको दुस्प्रयास ब्रिटिश इण्डिया सरकारकै पालामा भएको हो । त्यतिबेला ब्रिटिश इण्डियाले नक्शामार्फत काली लिम्पियाधुराबाट आउने काली नदीलाई पछि लिपुलेकबाट आउने लिपुखोला काली हो भनेर नक्शा जारी गरेर नेपाली भूमि अतिक्रमणको प्रयास गरेको थियो । पछिल्लो चरणमा भारतले सो क्षेत्रमा सुरक्षा फौज नै राखेर दिन दहाडै नेपाली भूमि हडपेर नेपाली सार्वभौमिकतालाई बिटुलो पारेको छ ।
अतिक्रमणको शुरुवातः
लिम्पियाधुरा क्षेत्रमाथिको भारतीय अतिक्रमणको इतिहास हेर्दा सन् १८५६ अघि र पछि ब्रिटिश इण्डियाद्वारा प्रकाशित नक्शाहरुको अध्ययन गर्नुपर्ने हुन्छ । जहाँ सन् १८१६ को सुगौली सन्धि हुनु अघि र त्यसपछि सन् १८५६ सम्म तत्कालीन इष्ट इण्डिया कम्पनीद्वारा प्रकाशित सबै नक्शाहरूमा काली –महाकाली)को मुहान प्रस्टरुपमा लिम्पियाधुरा उल्लेख छ । तर सन् १८५६ पछि भने ब्रिटिश–इण्डियाले लिम्पियाधुराबाट निस्कने काली (महाकाली) नदीको नाम परिवर्तन गरी ‘कुटि यंक्ति’ र लिपुलेकबाट आउने लिपुखोलालाई काली भनेर नक्शा प्रकाशित गरेसँगै नक्शामार्फत अतिक्रमणको शुरुवात भएको पाइन्छ । ब्रिटिश इण्डियाले लिम्पियाधुराबाट आउने वास्तविक काली नदीलाई कुटी यांक्ति र लिपुलेकबाट आउने लिपुखोलालाई काली (महाकाली) भनेर सर्वप्रथम नक्शा सन् १८६५ मा नयाँ नक्शा सार्वजनिक गरेको थियो । सर्भे अफ् इण्डियाका नामबाट प्रकाशित ‘डिष्ट्रिक अल्मोडा’ शीर्षकको यस नक्शामा लिम्पियाधुराबाट निस्कने महाकाली नदीलाई कुटी यंक्ति र लिपुलेकबाट आउने लिपुखोलालाई काली नदी भनेर भ्रम सिर्जना गरिएको छ । त्यसपछिका दिनहरुमा सर्भे अफ इण्डियाले सन् १८७१, सन् १८८१, सन् १८७८, सन् १८७९, सन् १९२४, सन् १९३० मा जारी गरेका सम्पूर्ण नक्शाहरुमा लिम्पियाधुराबाट आउने वास्तविक कालीलाई काली नभनी लिपुलेकबाट आउने लिपुखोलालाई काली उल्लेख गरेको पाइन्छ ।
सन् १९४७ मा भारत ब्रिटिशहरुको गुलामीबाट स्वतन्त्र भएपछि उसले त ब्रिटिश इण्डियाले काली भन्ने गरेको लिपुखोला (लिपुलेकबाट आउने)लाई समेत काली नभनी लिपुलेक भन्दा १४ किमी तल कालापानी (तिल्सी)मा रहेको सानो पानीको मुहानलाई कुवा र कुलोमा परिणत गरी सोही तुरतुरे धारोलाई कालीको मुहान भन्दै आएको छ ।
लिम्पियाधुरा क्षेत्रमा भारतीय फौज
भारतले नेपाली भूमि लिम्पियाधुरा क्षेत्रको कालापानीको आफ्नो सुरक्षा फौज कहिलेदेखि राख्यो भन्ने ठोस प्रमाण भेटिदैन । तर पुराना सरकारी प्रतिवेदन र स्थानीय जनताको भनाइलाई आधार मान्दा भारतले त्यहाँ सन् ५० को दशको मध्यतिर सुरक्षा उपस्थिति जनाएको देखिन्छ । दार्चुलाका सीडीओ डिल्लीराज जोशीले विसं २०४५ मा गृहमन्त्रालयलाई पठाएको रिपोर्टमा भारतले सन् १९५२ देखि कालापानीमा अतिक्रमण थालेको उल्लेख छ । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा अर्थात सन् १९५४ मा नेपाल पसेको इण्डियन मिलिटरी मिशनको १७ ओटा चेकपोष्ट मध्ये एउटा दार्चुलाको तिङ्करमा रहेको र सन् १९७० अगष्ट १ नेपालले ती चेकपोष्ट हटाउँदा तिङ्करको चेकपोष्ट कालापानीमा गएर बसेको पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको भनाई थियो । दार्चुलाको ब्यास क्षेत्रकै छाँगरुका स्थानीय बासिन्दा तथा नेपाली सेनाका पूर्वसहायकरथी गोपालसिंह बोहराले तिब्बत जाँदा सन् १९५९ मे महीनामा कालापानीमा उत्तरप्रदेश ‘आम्र्ड कन्स्टेबुलरी’को चौकी देखेको बताएका छन् । सन् १९६२ को भारत र चीन युद्ध पछि भने भारतले त्यहाँ इण्डो टिबटियन बोर्डर पुलीस फोर्स–आइटीबीपी तैनाथ गरेको हो, जुन सुरक्षा बल अहिले पनि कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रमै बसेको छ ।
महाकालीको मुहान लिम्पियाधुरा
नेपाल–भारतबीचको पश्चिमी सीमा निर्धारण गर्ने मूल आधार सुगौली सन्धि हो । सुगौली सन्धिको धारा ५ अनुसार नेपालले महाकाली नदी पश्चिमको भूभाग छोडेको हो । सुगौली सन्धिद्वारा निर्धारित सीमारेखा फेरबदल हुने गरी (नयाँ मुलुक र शारदा–टनकपुर बाँध निर्माणमा सट्टा–पट्टा भएको जमीनबाहेक) नेपाल, ब्रिटिश–इण्डिया र स्वतन्त्र भारतबीच अरू कुनै सन्धि– सम्झौता भएका छैनन् । तर, महाकालीको उद्मगस्थल लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३ शय ९४ वर्ग कि.मी. नेपाली भूमि भारतले हडपेको छ ।
विसं. १९९७ मंसिर २७ गते खड्ग निशाना भएको तिरो–तिरानसम्बन्धी मोठ बैतडी मालमा अझै सुरक्षित छ । सुगौली सन्धिले कालीलाई सीमा नदी निर्धारण गरेपछि कालीपूर्वको ब्यास क्षेत्रका यी गाउँहरूबाट विसं. १९९७ सम्म पनि नेपालमा तिरो–तिरान हुँदैआएको र नेपाली प्रशासनअन्तर्गत रहेको कुरा पुष्टि हुन्छ ।
लिम्पियाधुरा पूर्वको भूमि नेपालकोः सुगौली सन्धिले निर्धारण गरेको लिम्पियाधुरापूर्वको सम्पूर्ण भूमि नेपालको रहेकोमा कुनै विवाद छैन । तर कतिपयले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रलाई विवादित क्षेत्र भनेर अपव्याख्या गर्दैआएका छन् । तर लिम्पियाधुरा–लिपुलेक र कालापानी विवादित क्षेत्र नभई नेपालको अभिन्न अंग हो । समस्या केवल सो क्षेत्रमाथि नेपालको सार्वभौमिकतालाई चुनौती दिँदै भारतले सैन्य बलका आधारमा बलजफ्ती आफ्नो उपस्थिति देखाएको हो । लिम्पियाधुरा महाकालीको उद्गम रहेको र त्यहाँदेखि पूर्वमा अवस्थित कुटी, नाभी, गुन्जी गाउँहरु नेपालको रहेको तथ्यप्रमाण हामीसँगै यथेष्ठ छन्, जसलाई निम्नानुसार उल्लेख गरिएको छः
नक्शामा कालीको मुहान
इष्ट इण्डिया कम्पनीद्वारा सन् १८५६ सम्म प्रकाशित सबै नक्शाहरूमा कालीको मुहान लिम्पियाधुरा उल्लेख छ । ऐतिहासिक नक्शाहरूले महाकालीको मुहान काली भएको पुष्टि गरेका छन् । जुन नक्शाहरु निम्नानुसार छन्ः
सन् १८१६ को नक्शाः सन् १८१६ जनवरी २ मा प्रकाशित यो नक्शा ब्रिटिश सम्राटका हाइड्रोग्राफरद्वारा तयार पारिएको हो । यस नक्शामा काली (महाकाली) को उद्गमस्थल लिम्पियाधुरा नै देखाइएको छ । यस नक्शाको बीचमा महाकालीलाई ुप्बभिभ च्। यच ध्भकतभचल द्यचबलअज या तजभ न्यनचब या क्यचवययु लेखिनुका साथै कालीलाई गोग्रा वा सर्जु नदीको पश्चिम शाखा भनिएको छ ।
सन् १८१९ को नक्शाः सन् १८१९ मा यो नक्शा प्रकाशित छ । यो ब्रिटिश–इण्डिया सरकारको सर्भे कार्यालयबाट प्रकाशित आधिकारिक नक्शा हो । यस नक्शामा लिम्पियाधुराबाट उत्पत्ति भई बग्ने नदीलाई काली भनिएको छ ।
सन् १८२६ को नक्शाः सन् १८२६ ऋबउतबष्ल व्।म्। ज्भचदभचत ले तयार गरेको यस नक्शाको शीर्षक न्भययिनष्अब िःबउ या तजभ ःयगलतबष्ल एचयखष्लअभक दभतधभभल तजभ च्ष्खभचक क्गतगिव बलम प्बभिभ रहेको छ । यस नक्शामा महाकालीको उद्गमस्थल लिम्पियाधुरा उल्लेख छ ।
सन् १८२७ को नक्शाः सन् १८२७ फेबु्रअरीमा प्रकाशित यस नक्शामा लिम्पियाधुरा उद्गमित नदीलाई ुप्बभिभ च्।ु भनिएको छ । गढवाल–कुमाऊँको विवरण अङ्कित यस नक्शामा ुएगदष्किजभम ब्अअयचमष्लन तय ब्अत या एबचष्बिmभलत दथ व्बmभक ज्यचकत क्गचनज ज्थमचयनचबउजभच तय तजभ भ्बकत क्ष्लमष्ब ऋयmउबलथु लेखिएको छ । यो नक्शा ब्रिटिश संसद्द्वारा पारित ऐनअनुसार प्रकाशित छ । ब्रिटिश–इण्डियाले आफ्नै हाइड्रोग्राफरद्वारा तयार पार्न लगाएको स्केल १ इन्च बराबर ४ माइलमा छ । महाकालीको मुहान लिम्पियाधुरा देखाउने ब्रिटिश–इण्डिया सरकारको यो आधिकारिक नक्शा हो । यो नक्शा सीमाविद बुद्धिनारायण श्रेष्ठले लण्डनस्थित ब्रिटिश पुस्तकालयबाट ल्याएका हुन् ।
सन् १८३० को नक्शा ः सन् १८३० मा लण्डन ‘पर्वरी एलेन एण्डक कम्पनी’द्वारा प्रकाशित ‘वेष्टर्न प्रोभिन्सेज अफ हिन्दूस्तान’ शीर्षकको यस नक्शामा लिम्पियाधुराबाट निस्कने नदीलाई काली नदी भनिएको छ । यो नक्शा १ इन्च बराबर २२ ईंग्लिश माइल स्केलमा छ ।
सन् १८३४ को नक्शाः सन १८३४ को ‘नर्दन इण्डियन अर्डेशस, इण्डो ब्रिटिस्चे रिच ९ख्यचमभच(क्ष्लमभष्बल इचमभचमबक क्ष्लमय(द्यचष्तष्कअजभ च्भष्अज ज्ञडघद्ध, क्तभष्भिचक ज्बलम ब्तभिक न्भचmबलथ०ु शीर्षकको जर्मन नक्शामा समेत महाकालीको उद्गम लिम्पियाधुरा देखाइएको छ । १ इन्च बराबर १५० माइल स्केलको यस नक्शामा नेपालको पश्चिमोत्तर सीमा लिम्पियाधुरा उल्लेख छ ।
सन् १८३५ को नक्शा
‘इण्डिया ह्क्ष्क्ष् इण्डेक्स म्याप’ शीर्षकको यो नक्शा बाल्डविन एण्ड क्र्याडोकद्वारा तयार गरिएको छ । लण्डनबाट प्रकाशित यस नक्शामा महाकालीको उद्गमस्थल लिम्पियाधुरा उल्लेख छ । सन् १८३५ मार्च १ मा प्रकाशित यस नक्शामा नेपालको पश्चिमोत्तर सीमारेखा मोटो रेखा तानेर लिम्पियाधुरा देखाइएको छ ।
सन् १८३७ को नक्शाः सन् १८३७ को जे.बी. टासिनद्वारा प्रकाशित नक्शामा नेपालको सिमाना स्पष्टरूपमा लिम्पियाधुरा देखाइएको छ । ‘एंग्लो एशियन म्याप’ शीर्षकको यो नक्शा फारसी भाषामा छ ।
सन् १८४१ को नक्शाः जे.सी. वाल्करले तयार गरेको यो नक्शा ४२ कोश बराबर १ डिग्री स्केलमा छ । ‘म्याप अफ इण्डिया’ शीर्षकको यो नक्शा सन् १८४१ मार्च १ मा बेलायतबाट प्रकाशित छ । यस नक्शामा लिम्पियाधुरा उद्गमित कालीलाई गोग्रा वा सर्जुको (कर्णाली) पश्चिमी शाखा भनिएको छ ।
सन् १८४६ को नक्शाः यो नक्शा सन् १८४६ फेब्रुअरी १६ मा प्रकाशित भएको छ । यस नक्शामा लिम्पियाधुराबाट उत्पत्ति भएको नदीलाई प्बभिभ च्। भनिएको छ । यस नक्शामा नेपालको पश्चिमोत्तर सीमा लिम्पियाधुरासम्म किटान गरिएको छ ।
लिम्पियाधुरा पूर्वको भूमि नेपालकोः सुगौली सन्धिले निर्धारण गरेको लिम्पियाधुरापूर्वको सम्पूर्ण भूमि नेपालको रहेकोमा कुनै विवाद छैन । तर कतिपयले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रलाई विवादित क्षेत्र भनेर अपव्याख्या गर्दैआएका छन् । तर लिम्पियाधुरा–लिपुलेक र कालापानी विवादित क्षेत्र नभई नेपालको अभिन्न अंग हो ।
सन् १८५० को नक्शाः म्याप अफ् कुमाऊँ एण्ड ब्रिटिश–गढवाल शीर्षकको यो नक्शा सन् १८५० अप्रिल १९ मा प्रकाशित छ । १ इन्च बराबर ८ माइल स्केलको यस नक्शामा डिपुटी सर्भेयर जनरल अफ् इण्डियाको हस्ताक्षर छ । यस नक्शामा लिम्पियाधुरा र लिपुलेक दुबै तिरबाट निस्कने नदीहरूको नाम उल्लेख छैन ।
सन् १८५६ को नक्शाः यो नक्शा सन् १९५५ मा तयार गरी सन् १८५६ अप्रिल २४ मा ब्रिटिश–इण्डिया सरकारको सर्भेयर जनरलको कार्यालयद्वारा प्रकाशित छ । सुगौली सन्धि भएको ४० वर्षपछि यो नक्शा प्रकाशित गरिएको छ । नक्शामा लिम्पियाधुराबाट बग्ने नदीलाई काली रिभर (महाकाली नदी) भनिएको छ । यो नक्शा ब्रिटिश–इण्डिया सरकारका सर्भेयर जनरल कार्यालयबाट तयार गरी सोही निकायबाट प्रकाशित नक्शा हो । यो सरकारी निकायबाट प्रकाशित आधिकारिक नक्शा हो । यस नक्शामा डेपुटी सर्भेयर जनरलको हस्ताक्षर छ । काठमाडौँस्थित ब्रिटिश आवासीय प्रतिनिधिद्वारा बेलायतको परराष्ट्र मन्त्रालयबाट प्राप्त देवनागरी लिपिको जङ्गबहादुर राणाको हाते नक्शाको विवरण संलग्न गरी यो नक्शा तयार गरिएको छ । यो दुबै देशका सरकारद्वारा मान्यता प्राप्त प्रमाणित नक्शा हो ।
ईष्ट इण्डिया कम्पनी सरकारद्वारा प्रकाशित यी नक्शाहरुका आधारमा महाकालीको मुहान लिम्पियाधुरा भएको तथ्य निर्विवाद छ ।
पत्राचार
सन् १८१७ फेब्रुअरी ४ का दिन ईष्ट–इण्डिया कम्पनीका कार्यवाहक मुख्य सचिव जे. आदमले काठमाडौँस्थित आवासीय प्रतिनिधि एडवर्ड गार्डनरलाई गभर्नर जनरलका तर्फबाट पत्र लेखेका छन् । सुगौली सन्धि भएको एक वर्षपछि लेखिएको यस पत्रमा आदमले गार्डनरलाई “काली नदीको पूर्वमा पर्ने ब्यास प्रगन्ना चौतरिया बम शाहको दाबीअनुसार नेपालको ठहरिन्छ, तसर्थ त्यो ठाउँ नेपाल सरकारका अधिकारीलाई बुझाउनु” भनी निर्देशन दिएका छन् । यस पत्रले कालीको मुहान लिम्पियाधुरा पूर्वका कुटी, नावी, गुञ्जी नेपालको भूमि रहेको कुरा स्वीकारेको छ ।
कुमाउँका प्रशासकलाई निर्देशन
ईष्ट–इण्डिया कम्पनीका कार्यवाहक मुख्य सचिव जे. आदमले गभर्नर जनरलको तर्फबाट कुमाउँका कार्यवाहक कमिश्नर जी.डब्ल्यू. ट्रेललाई सन् १८१७ मार्च २२ मा अर्को पत्र लेखेका छन् । कालीपूर्व ब्यास प्रगन्ना र त्यहाँका भोटिया (सौका) जमीनदारहरूको निवेदनसँग सम्बन्धित यस पत्रमा जे. आदमले कुमाउँका कमिश्नरलाई कालीपूर्वको ब्यास प्रगन्नासहितको भूभाग सुगौली सन्धिअनुसार नेपालको भएकाले ती गाउँहरू नेपाललाई सुम्पनु भनेर प्रस्टरुपमा निर्देशन दिएका छन् । कम्पनी सरकारको यस आधिकारिक निर्देशनसहितका पत्रहरूले काली पूर्वका कुटी, नावी, गुञ्जी, छाँगरु, तिङ्कर गाउँहरू नेपाल सरहदभित्र रहेको तथ्य निर्विवाद छ ।
तिरो–तिरान
मालपोत कार्यालय, बैतडीमा छाँगरु, तिङ्कर, गुञ्जीका बासिन्दाले विसं. १९६२ असार १८ तथा १९९३ चैत २० सम्म तिरो–तिरान गरेका दुर्लभ अभिलेखहरू भेटिएका छन् । विसं. १९९७ मंसिर २७ गते खड्ग निशाना भएको तिरो–तिरानसम्बन्धी मोठ बैतडी मालमा अझै सुरक्षित छ । सुगौली सन्धिले कालीलाई सीमा नदी निर्धारण गरेपछि कालीपूर्वको ब्यास क्षेत्रका यी गाउँहरूबाट विसं. १९९७ सम्म पनि नेपालमा तिरो–तिरान हुँदैआएको र नेपाली प्रशासनअन्तर्गत रहेको कुरा पुष्टि हुन्छ ।
लालमोहर–इस्तिहार–सनद
कम्पनी सरकार र नेपालबीच सन् १९२० मा शारदा ब्यारेज निर्माणका लागि सम्झौता हुँदा तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरले महाकालीको उद्गम लिम्पियाधुराबारे कुरा उठाएका थिए । राणाकालमा बैतडी अन्तर्गतको तत्कालीन ब्यास गर्खाका बासिन्दाका नाममा जारी लालमोहर–इस्तिहार–सनदहरू गुञ्जी, नावी, तिङ्कर र छाँगरुवासीहरूसँग अझै सुरक्षित छन् ।
जनगणना
नेपाल सरकारले विसं. २००९ मा पूर्वाञ्चल र २०११ मा पश्चिमाञ्चलमा जनगणना गरेको थियो । हालको दार्चुला तत्कालीन बैतडी जिल्लाअन्तर्गत थियो । बैतडीअन्तर्गतको तत्कालीन ब्यास गर्खा (दरा)मा ६ ओटा गाउँहरू थिए । २०११ को जनगणनाले ब्यास गर्खाका ६ ओटा गाउँको घरधुरी संख्या ४ शय ३४ तथा कूल जनसंख्या १,८१६ देखाएको छ । २०१८ सालमा ब्यास क्षेत्रका गुञ्जी, नावी, कुटी, तिङ्कर र छाँगरु गाउँहरूको जनगणना वरिष्ठ पत्रकार भैरव रिसालको मातहत भएको थियो ।
जलविज्ञानका आधारमा कालीको मुहान
कुन नदी मूल र कुन सहायक भन्ने कुराको टुङ्गो नदीको लम्बाई, नदीले ओगटेको जलाधार क्षेत्र, नदीमा रहेको पानीको मात्रा, नदीको गहिराई र नदीको क्रमाङ्कका आधारमा लगाइन्छ । सबैभन्दा ठूलो जलाधार ओगटेको, अरू सहायक नदीभन्दा लामो दूरीबाट बगेर आउने, सहायक नदीहरूभन्दा पानीको मात्रा बढी भएको र गहिरो नदीलाई जलविज्ञानका आधारमा मूल नदी मानिन्छ । लिम्पियाधुरा उद्गमित काली नदीको पानीको आयतन बढी भएको, जलाधार क्षेत्र पनि ठूलो भएको, अन्य सहायक नदीहरूभन्दा टाढाबाट बगेर आउने र गहिरो भएकोले काली नदीका रूपमा रहेको छ ।
अन्तमाः
नेपालको पश्चिमी सीमा लिम्पियाधुरा रहेको तथ्य निर्विवाद छ । तर भारतले लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रको ३९४ वर्ग कीमी नेपाली भूमि सैन्य बलका आधारमा हडपेको छ । तसर्थ नेपाल सरकारले लिम्पियाधुरा क्षेत्रमा रहेको भारतीय फौज तत्काल हटाइ त्यहाँ नेपाली सुरक्षा फौज तैनाथ गरिनुपर्दछ । लिम्पियाधुराबाट भारतीय फौज नहटाइ नेपालले कुनै पनि हालतमा नेपाल–भारत सीमा क्षेत्रको स्ट्रीप म्यापमा हस्ताक्षर गर्नु हुन्न । नेपाल र चीनबीच सीमांकनका लिम्पियाधुरामा स्थापना गर्न बाँकी सून्य नम्बरको सीमा स्तम्भ नेपाल–भारत र चीनबीचको सहमति जुटाई तत्काल स्थापना गरिनु पर्दछ र लिम्पियाधुरालाई तीनओटै देशको “त्रिदेशीय विन्दू” कायम गरिनु पर्छ । स्थानीयस्तरमा सीमावर्ती दार्चुलाबासीको विकासका लागि सरकारले विशेष प्याकेज कार्यक्रम अघि सार्नुपर्दछ । दार्चुला सदरमुकामदेखि ब्यास क्षेत्रसम्मको सीमा सडकको निर्माणकार्य युद्धस्तरमा अघि बढाइनुपर्दछ । ब्यास क्षेत्रमा हिउँदयामको ६ महिनामा राज्यको उपस्थिति नरहने र स्थानीय जनतासमेत जाडो छल्न सदरमुकाम झर्ने हुँदा सम्पूर्ण ब्यास क्षेत्र (नेपाली भूमि)मा भारतीय सुरक्षाकर्मीले गस्ती गर्ने हुँदा भारतीय फौजको सो गतिविधि रोक्न र सीमा क्षेत्रमा अवान्छित तत्वको घुसपैठ नियन्त्रण गर्न नेपाल सरकारले कालापानी क्षेत्रमा बाह्रै महिना बस्ने गरी सशस्त्र प्रहरीको गल्म या गण तथा त्यसको ब्याकअपमा नेपाली सेनाको अर्को गण राख्नुपर्दछ । अर्कोतिर सरकार कालापानी क्षेत्रबाट भारतीय फौज हटाइ लिम्पियाधुरा सीमामा नेपालको सार्वभौम अधिकार कायम नगराउन सक्ने खतरा पनि उत्तिकै छ । त्यसैले जनस्तरमा सरकारका कार्यप्रति खबरदारीका लागि दबाबमूलक कार्यक्रममा निरन्तरता दिनु पनि उत्तिकै जरुरी छ ।