वीरगंजकाे परवानीपुरमा ४ सय लिटर घरेलुु मदिरा नष्ट

वीरगंजकाे परवानीपुरमा ४ सय लिटर घरेलुु मदिरा नष्ट

  • आइतवार, चैत्र २, २०७६
  • राहुल गुप्ता

  • 11.6K
    SHARES

वीरगंज, २ चैत्र। वीरगंजकाे परवानीपुरमा प्रहरीले ४ सय लिटर घरेलुु मदिरा नष्ट गरेकेा छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलिले आईतबार बिहान ६ बजेतिर वीरगंज महानगरपालिका वडा नं.२१ परवानीपुर चौक स्थित सडकमा मदिरा नस्ट गरेकेा हाे ।

विभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा पथलैया बाट वीरगंज आउने लोकल बसहरूमा लोड गरी वीरगंज तर्फ ल्याई रहेको लुकाई छिपाई राखिएको अवस्थामा घरेलुु मदिरा (लोकल रक्सी) ४०० लिटर वडा प्रहरी कार्यालय श्रीपुरकाे टाेलीले नियन्त्रणमा लिएकाे थियाे ।

आजै मध्यान्ह १२ बजे समाज परिवर्तन नेपालका अध्यक्ष अकलेस साह, संचारकर्मी रन्जित चौरसिया, उमेश कुशवाहा दिपेन्द्र साह , स्थानीय टोलबासी र वडा प्रहरी कार्यालय श्रीपुरकाे रोहबरमा सो घरेलु मदिरा नस्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले जानकारी दिनु भयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ