उत्कृष्ट कार्य गर्न नसकेका ७४ प्रहरीलाई सुधारात्मक तालीम

उत्कृष्ट कार्य गर्न नसकेका ७४ प्रहरीलाई सुधारात्मक तालीम

  • शनिबार, चैत्र १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडाैं, १ चैत । 
महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुर तथा मातहत रहेका सादा पोसाकमा खटिने ७४ प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी गणमा पठाइएको छ । उल्लेखनीय कार्य गर्न नसकेका १७ अधिकृत ५७ जवानसमेत ७४ अधिकृत तथा जवानलाई तोकिएको सादा पोसाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्ज पठाइएको हो ।

प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लाञ्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्य गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । आचरण व्यवहार सुधारको हिसाबले पठाइएका अधिकृत तथा जवानलाई महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा सातदिने सुधारात्मक तालीमसमेत दिइने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

यसअघि नै कार्यालयले हरेक महिना उपत्यकाका प्रहरीको आचरण, व्यवहार, कार्यशैली र सेवाका बारेमा मूल्याङ्कन गर्दै आएको छ । मूल्याङ्कनमा असफल हुने र प्रहरीको नियमभन्दा बाहिर गएर काम गर्नेलाई कारवाहीसमेत गर्न थालिएको छ । उहाँले सादा पोसाकमा कार्यरत रहेका प्रहरी अधिकृत तथा जवानलाई प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालन गरिने जानकारी दिनुभयो । यसरी मूल्याङ्कनका लागि कार्यालयले प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा समूह नै गठन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ