हेभेन्स मन्टेश्वरीको छैठौं वार्षिकोत्सव सम्पन्न

हेभेन्स मन्टेश्वरीको छैठौं वार्षिकोत्सव सम्पन्न

  • शनिबार, चैत्र १, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

धनगढी, चैत १ ।
हेभेन्स मण्टेश्वरी एण्ड चिल्डे«न हाउसको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ चौराहमा रहेको हेभेन्स मन्टेश्वरीले छैठौं बार्षिकोत्सव सम्पन्न गरेको हो । २०७० सालमा स्थापना भएको मन्टेश्वरी शिक्षा दिदै आएको विद्यालयले यसपालीको वार्षिकोत्सव आफ्नै नवनिर्मित भवनमा मनाएको हो ।
विद्यालयकी प्रिन्सिपल ईर्शा शर्माको अध्यक्षतामा भएको कार्यक्रमकी प्रमुख अतिथि दृष्टि फाउण्डेसकी सञ्चालिका कल्पना भट्ट रहेकी थिईन् । वार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरुको दिशान्त समारोह समेत आयोजना गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृति प्रस्तुतीहरु प्नि देखाएका थिए । वार्षिकोत्सवमा पढाई र खेलकुदमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।


यस्तै विद्यालयले वार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिकहरुलाई खाना समेत खुवाएको छ । विद्यालय नजिकै रहेको राम जानकी मन्दिरमा रहेका ३५ जना जेष्ठ नागरिकहरुलाई विद्यालयमै वोलाएर खाना खुवाईएको हो ।
पिजीदेखि युकेजीसम्म सञ्चालित हेभेन्स मण्टेश्वरी एण्ड चिल्डे«न हाउसले गुणस्तरीय शिक्षासँगै वालवालिकाहरुको व्यक्तीत्व विकासमा विशेष ध्यान दिईरहेको विद्यालयका संस्थापक विवेक शर्माले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी