रक्सी खाएर मर्नेको संख्या ९ पुगे पछि , सात जना बिक्रेता पक्राउ

रक्सी खाएर मर्नेको संख्या ९ पुगे पछि , सात जना बिक्रेता पक्राउ

  • शनिबार, चैत्र १, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

जनकपुर चैत्र १ । होलीको अवसरमा विषाक्त मदिरा सेवनबाट धनुषामा मृत्यु हुनेको संख्या ९ पुगे पछि प्रहरीले रक्सी बेच्ने सात जनालाई पक्राउ गरेको छ ।
विषाक्त घरेलु मदिराबाट ९ जनाको मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले महोतरी भंगहा नगरपालिका–३ सखरी टोल बस्ने ४७ वर्षिय जगतनारायण मण्डल, धनुषाको लक्ष्मिनिया गाउँपालिका–६ बगेवा बस्ने २४ वर्षिय नविन यादव, क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने ४५ वर्षिया छठियादेवी मण्डल९तारापट्टी बाली र ४१ वर्षिय जयकुमार यादवलाई नियन्त्रणमा लिएको हो ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल बस्ने ३५ वर्षिया सितलदेबी यादव, लक्ष्मिनिया गाउँपालिका–६ बगेवा बस्ने ५० वर्षिय घुरन यादव, र रमदैया बस्ने वर्ष ४८ का रामनन्दन साहलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका–१ र २ रमदैयास्थित विषाक्त घरेलु मदिरा सेवनबाट ९ जनाको मृत्यु भएको छ भने ७ जना सिकिस्त विरामी परेका छन्।

शुक्रबार राति र शनिबार सिकिस्त विरामी परेका थप ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो। वर्ष ४७ का शत्रुधन मण्डल र वर्ष ५५ का मसराम यादवको जनकपुरस्थित जानकी मेडिकल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने वर्ष २५ का इन्द्रजित महराको धरानस्थित विपी कोइराला मेमोरियल हस्पिटलमा मृत्यु भएको हो।

यसअघि गत बिहीबार ३५ वर्षका ब्रहमदेव यादव, ४० वर्षका रामबिलास मण्डल, ६५ वर्षका गुदरी महरा र शुक्रबार ३६ वर्षका रामनारायण महरा, जनकपुरधाम उपमाहानगरपालिका देवपुरा रुपैठा घर भई ससुराली गएका वर्ष ३० को राजु महरा र ४७ वर्षका शत्रुधन मण्डल र श्रीदेव यादवको मृत्यु भएको थियो।

यस्तै, मदिरा सेवनबाट सिकिस्त परेका ६ जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ