भोजपुरको आमचोकमा ट्याक्टर पल्टियो, सहचालक बस्नेतको मृत्यु

भोजपुरको आमचोकमा ट्याक्टर पल्टियो, सहचालक बस्नेतको मृत्यु

  • शनिबार, चैत्र १, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

 दुम्माना, १ चैत ।

भोजपुरको माझाखानीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । साविकको  दुम्माना २ हाल आमचोक गाउँपालीका ९ माझाखानी सिम्लेवारीमा ना ३ त ८७५१ ट्याक्टर पल्टिएको हो ।
शुक्रवार साझ पाैने सात बजे भएकाे दुर्घटनामा परी बोक्सेटारका १८ बर्षको तेज बहादुर बस्नेतको मृत्यु भएको छ ।
मालबासेबाट बोक्सेटारतर्फ जादैँ गरेको ट्याक्टरका चालक भने फरार भएको बताईएको छ । आमचोक–रानीटार सडक निर्माणको काममा ढुंगा बोक्ने ट्याक्टर दुर्घटनामा परेको हो ।
ट्याक्टरमा १० –१२ जना जति बालबालिका चढेको र दुर्घटनामा केही सामान्य घाईते भएको गाँउलेले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ