अछाम फागुण ३० । विप्लव नेतृत्वको नेकपा अछामले पार्टीको नाम बदनाम नगर्न सत्तारुढ नेकपालाई चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टी अछामका ईन्चार्ज नबिनले आज एक विज्ञप्ति जारी गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अछाम जिल्ला अध्यक्ष शेर बहादुर कुवरले जारी गरेको बिज्ञप्ति प्रति आपत्ति जनाएका छन् । यशोदा मावि रामारोशन ५ का व्यवस्थापन समितिका अध्यक्ष गोविन्द साउद सुमनलाई ज्यान मार्ने धम्की आएको र त्यसमा पार्टीको नाम जोडेर सत्तारुढ नेकपाका जिल्ला अध्यक्षले विज्ञप्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।
साथै भदौ १६ गते तीजको दिन सोही गाँउमा बस्ने लोकेन्द्र शाहीको अत्याधिक मदिरा सेवन र उच्च रक्तचापकाका कारण निधन भएको विषयमा पार्टीका नेता कार्यकर्तालाई फसाउने गरी किटानी जाहेरी दिने राज बहादुर शाही र भक्त बहादुर शाहीलाई संरक्षण गर्ने गरी जारी भएको विज्ञप्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ ईन्चार्ज नवीनको विज्ञप्तिमा उल्लेख छ ।
केही दिन अघि मात्रै नेकपाका जिल्ला सेक्रेटरी भरत मल्ल सहित तीन जनालाई प्रहरीले गिराफ्तार गरेको थियो ।
