सीमामा सात किलोमिटर दूरीमा सशस्त्र प्रहरी

सीमामा सात किलोमिटर दूरीमा सशस्त्र प्रहरी

  • शुक्रबार, फाल्गुन ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

नेपाल भारत सीमा क्षेत्र पर्ने रुपन्देहीमा प्रतिसात किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट रहने भएको छ । सीमा क्षेत्रमा हुने सीमा अपराधको रोकथामका लागि गृहमन्त्रालयले नेपालसँग सीमा जोडिएका सीमा क्षेत्रमा ११४ नयाँ बोर्डर आउट पोष्ट थप्ने निणर्य गरेसँगै रुपन्देहीमा भारतीय सीमासँग जोडिएका पाँच स्थानमा बोर्डर आउट पोष्ट थप्नुपर्ने भएको हो ।

पूर्वमा नवलपरासी र पश्चिममा कपिलवस्तुमा पर्ने यो जिल्लाको सीमा क्षेत्र ६० किलोमिटर लामो दूरी रहेको छ । जिल्लामा अहिले एक गण, तीन गुल्म, चार बोर्डर आउट पोष्ट र पाँच सुरक्षा बेस रहेकामा अब थप पाँच स्थानमा बोर्डर आउट पोष्ट थपिने सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक पोखरेलका अनुसार मुख्य कमाण्डका रुपमा एक गण, नेपाल नम्बर २७ गण, तीन गुल्म नम्बर ३८ गुल्म राजश्व भन्सार सुरक्षा, नम्बर ४३ गुल्म राजश्व चुहावट नियन्त्रण गुल्म र नम्बर ४१ गुल्म औद्योगिक सुरक्षा गुल्म रहेका छन् । चार बोर्डर आउट पोष्टमा पजरकट्टी, बोगडी, मजगवा, वयरघाट रहेका छन् भने पाँच बेसमा बिष्णुपुरा, लुम्बिनी, अमुवा, गङ्गोलिया र करौता रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीपसिंह कार्कीले बताउनुभयो ।

जिल्लाको भारतसँग सीमा जोडिएका थप पाँच स्थान बुची नाका, सिसुवा नाका, पच्चवारी नाका, मञ्जरिया नाका र थुमुवा नाकामा नयाँ बोर्डर आउट पोष्ट राख्न प्रक्रिया अगाडि बढिसकेको उहाँले भन्नुभयो । केही समयपछि स्थापना गर्न थालिएका नयाँ बोर्डर आउट पोष्टका कारण नेपाल भारतको सीमा क्षेत्रमा हुने सीमा अपराध र सीमा तस्करी नियन्त्रणमा सहयोग पुग्ने रुपन्देहीवासीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ