कोरोना भाइरसको शङ्का लागेपछि युक्रेनी दम्पतीलाई भारत फिर्ता

कोरोना भाइरसको शङ्का लागेपछि युक्रेनी दम्पतीलाई भारत फिर्ता

  • बिहिबार, फाल्गुन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिएका एक युक्रेनी दम्पतीलाई कोराना भाइरस ९कोभिड–१९¬० को सङ्क्रमणकोे लक्षण देखापरेपछि भारततर्फ नै फर्काइएको छ ।

आज २ः३० बजे नेपाल प्रवेश गरेका ३४ वर्षीय एन्ड्रिन लार्जेगन र उनकी पत्नी ओलेना क्लिन्कोलाई नाकामा राखिएको हेल्प डेक्समा जाँच गर्दा १०० डिग्रीभन्दा बढी ज्वरो र रुखाखोकीसमेत लागेको पाइएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले जानकारी दिनुभयो ।

उनीहरुमा कोरानाको लक्षण देखापरेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पठाउन खोजिएको थियो । उनीहरुले ओइसोलेशनमा बस्न जान नमानेपछि बाध्य भएर भारत नै फर्काइएको अध्यागमन कार्यालय झापाका प्रमुख जनक कोइरालाले बताउनुभयो ।

“कोरानाका शङ्का लागेमा बिरामीलाई राख्न झापामा आइसोलेशन छैन”, उहाँले भन्नुभयो, “हामीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पठाउन खोजेको तर नमानेपछि भारततर्फ फर्कादिऔँ ।” उहाँका अनुसार उनीहरु भारतको दिल्ली विमानस्थल हुँदै जनवरी १० तारिखमा भारत आएका थिए । भारतका विभिन्न स्थान घुमेर आज नेपाल प्रवेश गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ