पत्रकार जितेन्द्र महर्जन १५ दिनपछि रिहा

पत्रकार जितेन्द्र महर्जन १५ दिनपछि रिहा

  • बिहिबार, फाल्गुन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

कीर्तिपुर, २९ फागुन ।
पत्रकार जितेन्द्र महर्जन रिहा भएका छन् । नेपाल भाषाको पत्रिका न्हुगु जोजोलोपाका प्रधान सम्पादक तथा रेडियो मिर्मिरेका कार्यक्रम सन्चालक महर्जन आज जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट धरौटीमा रिहा भएका हुन् ।
उनलाई यसअघि फागुन १४ गते कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको थियो । समाचार संकलन तथा प्रकाशनको काम सकेर कार्यलयबाट घर फर्कदै गरेको अवस्थामा किर्तिपुरको नयाँवजारबाट पक्राउ गरि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको थियो । पत्रकार महर्जन जनपत्रकार संगठन नेपालका काठमाडौं संयोजक समेत हुन् ।
पक्राउ परेको १५ दिनपछि उनलाई आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार धरौटीमा रिहा गरेको हो । पत्रकार महर्जनको रिहाईका लागि जनपत्रकार संगठन नेपाल, नेपाल पत्रकार महासंघ काठमाडौं, नेपाल पत्रकार महासंघ मिर्मिरे प्रतिष्ठानलगायतका सम्बन्धित संघसस्था तथा सरोकारवालाले पहल गरेका थिए ।
यसअघि चैतमा पनि उनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेता भन्दै पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ