प्रदेश एकमा स्थानीय पाठ्यक्रम अध्ययन गर्न ११ सदस्यीय कार्यदल गठन

प्रदेश एकमा स्थानीय पाठ्यक्रम अध्ययन गर्न ११ सदस्यीय कार्यदल गठन

  • बिहिबार, फाल्गुन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

विराटनगर, फागुन २९ गते । प्रदेश १ मा स्थानीय पाठ्यक्रम अध्ययनका लागि ११ सदस्यीय कार्यदल गठन भएको छ । सामाजिक विकास मन्त्रालयले स्थानीय तहले विकास गरेर कार्यन्वयनमा ल्याईसकेका र ल्याउन आवश्यक देखिएका पाठ्यक्रम अध्ययनका सेवानिवृत्त उपसचिव अशोक कालाखेतीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको हो ।

समितिमा महेन्द्र क्याम्पस धरानका उपप्राध्यापक बालचन्द्र कट्टेल, निवृत्त प्रध्यानाध्यापक गोपाल भट्टराई, प्रदेश निर्देशक समिति सदस्य युवराज वरिष्ठ, शिक्षक युवराज पौडेल, निर्मला कोइराला, धर्मानन्द खरेल, बेलबारी नगरपालिकाका शिक्षा अधिकृत भुपेन्द्र कोइराला, शिक्षक संघ प्रदेश अध्यक्ष भीमबहादुर बस्नेत, सामाजिक विकास मन्त्रालय शाखा अधिकृत मानबहादुर देवकोटा सदस्य रहनु भएको छ । सामाजिक विकास मन्त्रालयका उपसचिव दिव्यराज कट्टेल कार्यदलको सदस्य सचिव रहनु भएको छ ।
यसले राष्ट्रिय पाठ्यक्रम २०७६ को प्रारुप र स्थानीय पाठ्यक्रम विकास मार्गदर्शन २०७६ लाई आधार बनाएर स्थानीय नमूना पाठ्यक्रम विकासको अध्ययन गरेर प्रतिवेदन बुझाउने छ ।

प्रदेशको भाषिक, साँस्कृतिक, भौगोलिक र सामाजिक अवस्थाको विशिष्टता र आवश्यकताका आधारमा पाठ्यक्रम पहिचान गरि मन्त्रालयलाई सिफारिस गर्ने सामाजिक विकास मन्त्रालयका उपसचिव दिव्यराज कट्टेलले जानकारी दिनुभयो । यसैगरी यहि कार्यदलले नमूना पाठ्यक्रमको मस्यौदा समेत तयार गरेर सामाजिक विकास मन्त्रालयलाई बुझाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी