श्रीमतिको नाम भ्रष्टाचारमा जोडिए पछि मन्त्री योगेशले भने , कुनै गल्ती गरिएको छैन

श्रीमतिको नाम भ्रष्टाचारमा जोडिए पछि मन्त्री योगेशले भने , कुनै गल्ती गरिएको छैन

  • बिहिबार, फाल्गुन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाण्डौं फागुण २९ । श्रीमति विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएपछि पर्यटनमन्त्री योगेश भट्टराईले ट्वीट गर्दै कुनै गल्ती नभएको र यो खुराफात र षड्न्त्र भएको प्रतिकृया दिएका छन् ।  विभिन्न सञ्चार माध्यममा आफ्नी पत्नी घिमिरेलाई जोडेर समाचार सार्वजनिक भएपछि भट्टराईले आफ्नो श्रीमतिबाट कुनै गल्ती नभएको दाबी गर्दै चर्चा अफबाह मात्रै भएको बताएका छन् । उनले लेखेका छन्, ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ । षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौं । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला।’

नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराईदिने शर्तमा तीन लाख पैसा मागिएको र विन्दा घिमिरे पनि त्यसमा हिस्सेदार रहेको कुरा उल्लेख गरिएको छ ।

काउन्सिलकी एक सदस्यले विद्यार्थीसँग घुस मागेको फेसबुक म्यासेन्जरको च्याटमा घिमिरेको नाम जोडिएको हो ।

काउन्सीलकी सदस्य जिता बरालले विद्यार्थीसँग गरेको कुराकानीमा योगेश पत्नी बिन्दासँग सम्बन्ध राम्रो भएको बताएकी छिन् । उनले च्याटमा ३ लाख रकममध्ये १ लाख ५० हजार रकम विन्दा घिमिरेलाई दिनुपर्ने खुलाएकी छिन् । विन्दा घिमिरे नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार हुन् ।

यसैबीच जीता बरालले भने नक्कली फेसबुक आफ्नो नाममा बनाएर कसैले यस्तो गरेको हुन सक्ने भन्दै प्रहरीमा उजुरी दिने बताएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ