झापा, फाल्गुन २९ गते । झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेट छेउबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो काकाडभिट्टाबाट नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतीय बजार पानीट्याङकीबाट नेपाल तर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका-४ का १७ बर्षीय राजेश खड्का, अर्जुनधारा नगरपालिका-७ का १८ बर्षीय सुनिल कुमार मण्डल र १९ बर्षीय राजेश कालिकोटेलाई २ ग्राम खैरो हेरोईन सहित पक्राउ गरेको हो ।
पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline