कैलाली, २८ फागुन ।
नेपाल कम्युनिस्ट पार्टीले सरकारले लगाएको प्रतिवन्धकाे विराेधमा बुधवार कैलालीमा मसाल जुलुस निकालेकेा छ । सरकारले पार्टीमाथि प्रतबन्ध लगाएकाे एक बर्ष पुगेकेा अवसरमा नेकपासेती महाकाली ब्युरोले कैलालीमा सास्कृतिक कार्यक्र सहित मसाल जुलुश निकालेकेा हाे ।
साे क्रममा नेकपाका नेता कार्यकर्ताले प्रतवन्ध खारेज गर, राजबन्दीहरूलाइ रिहा गर, राष्ट्रिय स्वाधिन्ता रक्षा गर, दलालहरू हाेसीयार लगायतका नारा लगाएका थिए । जुलुसमा सहभागी नेताहरूले पार्टीप्रति आम नागरीकको आकर्षण नरोकिएको बताए । केही नेता कार्यकर्ता क्रान्तिबाट भाग्दैमा पार्टीप्रति नागरिकको विश्वास र साथ नरहेको भन्न नमिल्ने नेकपाको भनाई छ ।
आज सेती महाकाली ब्युरोले आयोजना गरेको सास्कृतिक कार्यक्रममा सहभागी नेकपा कैलाली इन्चार्ज प्रशान्तले सरकारले आफुहरुमाथि लगाएको प्रतिबन्ध एक बर्ष पुगेको र यसले खुल्ला रुपमा संगठन निर्माण लगायतका कार्य गर्न असहज भएपनि आन्तरीक तथा जनताकोबीचमा पुगेर नेताकार्यकर्ताको प्रत्यक्ष भेटघाट तथा छलफलले फाईदा पुर्याएको बताए ।
आम नागरिकसँग आमने सामने बसेर पार्टीको नीति, योजना तथा उदेश्यका बारेमा बिस्तृत रुपमा बुझाउन तथा सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्ने कार्य जारी राखिएको र यसले ठूलो उपलब्धी पार्टीलाई भएको उनको भनाई छ ।

आज कैलाली जिल्ला को बर्दगोरिया गाउँपालिका वडा न ६ बिसालनगर मा नेकपाले सास्कृतिक कार्यक्रम गरेको थियो ।
कार्यकममा सामना परिवारको बिशेष प्रस्तुती थियो । सास्कृतिक प्रस्तुतीबाट नै जनतालाई क्रान्तिमा गोलबद्ध गर्न र वैज्ञानीक समाजवाद स्थापनार्थ सुरु गरिएको एकिकृत जनक्रातिको यात्रामा अघि बढ्न उत्प्ररित गर्ने उनीहरुले बताए ।
सरकारले प्रतिवन्ध लगाएको १ वर्ष पुगेकै दिन नेपाल कम्युनिस्ट पार्टीले आज कैलाली मा मसाल जुलुस पनि प्रदर्शन गरेकाे छ । प्रतिबन्धकाे विराेध गर्दै मसाल बालेकेा हाे ।
यसैगरी साथै घोडाघोडी नगर पाली का ४ जनकपुर मा समेत कार्यक्रम गरेको थियोे ।
