अनेम संघ क्रान्तिकारी दार्चुलाको अध्यक्षमा बोहरा निर्वाचित

अनेम संघ क्रान्तिकारी दार्चुलाको अध्यक्षमा बोहरा निर्वाचित

  • बुधबार, फाल्गुन २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

दार्चुला, २८ फागुन ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी दार्चुलाको ५ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधवार सम्पन्न सम्मेलनले पसुपती बोहराको अध्यक्षतामा १३ सदस्य नब कार्यसमिती चयन गरेको छ ।
सो क्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सदस्य तथा महाकाली ब्यूरो सयोजक कमरेड पुर्णिमा धामीले अझै महिलाले पूर्ण अधिकार प्राप्त गर्न नसकेको बताईन् । उनले मातृ समाजको बिघटन देखि हालसम्मको साम्राज्यवादी पुजीवादी अवस्था सम्म महिलाहरू उत्पिडित, दमित र पिडित हुनुको पछाडि पृतिसतात्मक पुजीवादी समाज र सत्ता मुल कारण रहेको बताईन् ।
उनले भनिन्, ‘जवसम्म संसारभरि र नेपालमा पुजीवादी सत्ता रहिरहन्छ तबसम्म महिला मुक्ति संभव छैन ।’
महिला र पुरुषको बिचको वास्तविक समानता बैज्ञानिक समाजवाद र कम्युनिस्ट बिचारले मात्रै प्रदान गर्ने भएकोले सम्पुर्ण उत्पिडित र श्रमिक महिला समाजवादी क्रान्ति को बाटोमा अघि बढ्नु पर्नेमा उनको जोड छ ।

नेपालमा एकीकृत जनक्रान्ति अघि बढेकाले अब महिला मुक्तिको दियो बलेको र त्यसले सबैलाई आशावादी बनाएको भन्दै उनले दलाल पुजीवादी हरु एकपछि अर्को असफलताको दलदलमा फस्दै गएको र एकीकृत जनक्रान्ति सफलतापूर्वक अघि बढेकाले अब छिट्टै नेपालमा बैज्ञानिक समाजवाद स्थापना हुने बताईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ