अपहरण परेकेा नाटक गरेर बाबुसँग फिराैती माग्ने छाेराे रकमसहित पक्राउ

अपहरण परेकेा नाटक गरेर बाबुसँग फिराैती माग्ने छाेराे रकमसहित पक्राउ

  • बुधबार, फाल्गुन २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

विराटनगर, २८ फागुन । 

आफू अपहरण परेको नाटक गर्दै फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका छोरा २४ वर्षीय मुकेशकुमार पक्राउ परेका हुन् ।

यही फागुन २३ गते आफू अपहरणमा परेको र सकुशल फिर्ता हुन रु ३० लाख चाहिने सूचनासहित बुबाको मोबाइलमा फोन आएको भनी जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । छोराको मायाले बुबा शिवनारायणले रु २१ लाख फिरौती दिए पनि अनुसन्धानबाट अपहरणको नाटक रच्ने मुकेशलाई प्रहरीले फागनु २६ गते सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो ।

फिरौती रकमसहित बूढीगङ्गा गाउँपालिका–३ निवासी हरिप्रसाद राजवंशीका छोरा २५ वर्षीय कृष्ण राजवंशीलाई प्रहरीले पक्राउ गरेको थियो । अपहरणको नाटक गर्ने योजनाकारसहित कृष्ण राजवंशीलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकारसमक्ष सार्वजनिक गरेपछि सबै तथ्य बाहिर आएको हो ।

प्रहरीले कृष्णबाट नगद रु १६ लाख ५३ हजार र रु तीन लाखको चेक पनि बरामद गरी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

यसैगरी प्रहरीले मोरङको बेलबारी नगरपालिका–८ निवासी २९ वर्षीय कमानसिंह राईलाई खैरो हिरोइन १५ ग्रामसहित पक्राउ गरेको छ ।

भारतको जोगबनी हुँदै नेपाल रानी प्रवेश गर्ने क्रममा फागनु २५ गते प्रहरीलाई शङ्का लागेपछि खोजतलास गर्दा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बजार मूल्यअनुसार सो हिरोइन करीब रु ५० हजारको हो ।

प्रतिडोज सेवनकर्ताले रु एक हजारका दरले खरिद गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । निज राईलाई प्रहरीले लागुऔषध ओसारपसार गरेको अभियोगमा कारवाही गर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ